Ad Area

संंविधान दिवसको अवसरमा आयोजित वतृत्वकलामा मावि रक्षाचौरका वली प्रथम


दाङ, २ असोज । दाङका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता घोराहीमा सम्पन्न भएको छ ।

संंविधान दिवसको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरद्वारा आइतबार आयोजित कार्यक्रममा मौलिक अधिकारका रुपमा शिक्षा र विद्यार्थीमा सिकाइको तिर्खा विषयक वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय रक्षाचौरका छात्र विशाल वली प्रथम, माध्यमिक विद्यालय रझेनाका आकाश वली द्वितीय र हिमाल एकेडेमी तुलसीपुरकी छात्रा हृशामिका एम तृतिय भएका छन् ।
प्रतियोगितामा माध्यमिक विद्यालय कक्षा ९ देखी १२ सम्म अध्ययनरत ३४ विद्यालयका छात्रछात्राहरुले भाग लिएका थिए । प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ७ हजार र तृतीय हुनेले ५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरी तथा सामाजिक डिभिजन प्रमुख बेगम जिसीले नगद तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा समन्वय इकाई प्रमुख देवमणि चौधरी, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक सुदर्शन रिजाल र देउखरी बहुमुखी क्याम्पसका उपप्राध्यापक हरेकृष्ण ज्ञवाली हुनुहन्थ्यो ।

प्रतियोगिता अवधिमा सहभागिहरुले आफुहरुमा भएको अन्य गायन, नृत्य तथा गजल प्रतिभा समेत प्रस्तुत गरेका थिए । प्रमुख अतिथि समन्वय प्रमुख चौधरी तथा सामाजिक डिभिजन प्रमुख जिसीले संविधान दिवसको अवसरमा डिभिजन कार्यालयले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा उत्साह जनक सहभागिता रहेको बताउँदै आगामी दिनमा यस्ता अन्य सृजनात्मक अवसरहरु पनि उपलव्ध गराइने बताउनुभएको थियो ।

सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सामाजिक डिभिजन कार्यालय तुलसीपुरका अनिल देवकोटाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad