Ad Area

नवौँ राष्ट्रिय परिवार योजना दिवस मनाईयो


घोराही, २ असोज । नवौँ राष्ट्रिय परिवार योजना दिवसका अवसरमा घोराहीका कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार विषयमा परिवार नियोजनको क्षेत्रमा भएका कामको बारेमा समिक्षा गर्दै अन्तरक्रिया गरिएको हो ।

परिवार नियोजन संघ दाङ शाखा सचिव माया पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा आईतबार एक कार्यक्रम गरी परिवार योजना दिवस मनाइएको हो । सो अवसरमा नगरप्रमुख चौधरीले स्वस्थ नागरिक भएमात्रै सबै कुरा स्वस्थ हुने भएको नागरिकको स्वास्थ्यमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो ।

स्वास्थ्य क्षेत्र सम्बेदनशील क्षेत्र भएकाले सबैको साथ सहयोग र सहकार्यबाट स्वस्थ नागरिक उत्पादन गर्दै मुलुकमा समृद्धि हासिल गर्न सकिने बताउनुुभयो । ‘हामीले हिजोका दिनमा कोरोना महामारीमा जसरी स्वास्थ्य संकट निम्तिन नदिन तदारुकता देखाएका थियौँ त्यसैगरी नागरिकको आधारभूत स्वास्थ्य आवश्यकता पूरा गर्न प्रतिवद्ध छौँ’ उहाँले भन्नुभयो, ‘नागरिक स्वस्थ भएमात्रै सबै काम र कुरा स्वस्थ हुन्छ ।’

कार्यक्रममा परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले प्रदेशभरको परिवार नियोजनमा नागरिकको पहुँचलगायत विषयमा कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो । सो अवसरमा बोल्ने अन्य वक्ताहरुले परिवार नियोजन सेवा अहिले पनि पचास प्रतिशत नागरिकको पहुँच बाहिर रहेकाले पहुँचमा आधारित सेवामा ध्यान दिन अपिल गर्नुुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, स्वास्थ्यका लागि सक्षम प्रणालीकी अर्चना अर्याल, सिसा संस्थाकी साजिदा सिद्धिकीलगायतले बोल्नुुभएको थियो । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका ठाकुर खनालले गर्नुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad