Ad Area

संविधान दिवसका अवसरमा घोराहीमा अन्तरक्रिया


घोराही, ३ असोज । संविधान दिवसको अवसरमा सोमबार घोराहीमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिसा नेपाल दाङका अध्यक्ष साजिका सिद्धिकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले संविधानमा भएका व्यवस्था व्यवहारीक रुपमै कार्यान्वयन आउन नसकेको बताउनुभयो । वक्ताहरुले संविधानले व्यवस्था गरेको तीन तहको सरकार र यसले प्रत्यायोजन गरेका हक अधिकारहरु पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्दा आम नागरिकरले लोकतन्त्रको पुर्ण प्रत्याभुत गर्न नसकेको बताउनुभयो । संविधानमा भएका व्यवस्था दलहरुको स्वार्थका कारण पनि आम नागरिकले पाउन नसकेको बताउदै संविधान कार्यान्वयनमा सवै लाग्नुपर्नेमा सहभागीको जोड थियो ।

संविधानले शिक्षा, स्वास्थ्य, रोजगार र अभिव्यक्ति स्वतन्त्रता मौलिक हककै रुपमा राखेपनि त्यो पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नु दुखद भएको बताउनुभयो । अझै पनि भनसुन र पहुँचका आधारमा काम हुने गरेको बताएँदै यो काम सच्चिन आवश्यक रहेको उनीहरुको धारणा थियो । कार्यक्रममा नेपाल पत्रकार महासघंका उपाध्यक्षद्वय वसुन्धरा गौतम, सन्तोस सुवेदी, प्रेस चौतारीका केन्द्रीय सदस्य टिका वस्नेत, प्रेस संगठनका जिल्ला अध्यक्ष पाण्डव प्रसाद शर्मा, मानवअधिकारकर्मी विनोद केसी, स्वास्थ्यकर्मी राधा पौडेललगायतले बोल्नु भएको थियो ।

सीसा नेपालका सदस्य पार्वता कुवरको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण दिपक वलीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad