Ad Area

घोराहीको गुलरियामा कार दुर्घटना


दाङ,८ असोज । घोराही उपमहानगरपालिका–१७ को गुलरियामा कार दुर्घटनामा परेको छ । घोराही बजारबाट गुलरियातर्फ गैरहेको प्रदेश नं. ०३–०१०२४ च ६२९४ नम्वरको कार शनिवार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरिक्षक गौतमका अनुसार कारमा चार जना सवार भएपनि मानवीय क्षेती नभएको बताए । कार चालकले मापसे सेवन गरेर चलाउँदा कार दुर्घटनामा परेको उनले बताए । ‘दुर्घटना भएको कारको अवस्था हेर्दा चालकले मापसे सेवन गरेर चलाएको पाइएको छ’,प्रवक्ता गौतमले भने,‘तर दुर्घटनामा मानवनीय क्षेती भने भएको छैन ।’

Blog Post Ad Blog Post Ad