Ad Area

स्पान नेशनल कलेजको स्वागत तथा दशै मिलन कार्यक्रम


दाङ,८ असोज । स्पान कलेज घोराही दाङले कलेजमा बिएड प्रथम बर्षमा अध्यनरत विद्यार्थीलाई स्वागत तथा दशै मिलन कार्यक्रम शनिबार घोराहीमा गरेको छ । भिएन प्राध्यापक विद्यार्थी समन्वय समिति एवं स्पान भिएन क्याम्पस परिवारको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अतिथी डिसीले सामाजिक र सस्थागत बिद्यालयहरु अझै अगाडि आउनुपर्ने बताइन् । नगर र ब्यक्तिगत तर्फबाट सद्भाव सधैं रहने उनको भनाइ रहेको छ । विद्यार्थी र शिक्षक दुबैको सकृय सहभागीताले गर्दा नै सफल हुन सकिने बताइन् । उनले पैसा ठूलो होईन इमानदारीता ठुलो भयका कारण इमानदारीताका साथ सबैले कर्तव्य निभाउनुपर्ने उनले बताइन् ।

कार्यक्रममा हिन्दुबिद्या पिठका प्राचार्य भोलानाथ योगीले आयुर्वेद अहिलेको महत्वपुर्ण बस्तु रहेकाले यसलाई चिनेर प्रयोग गर्नुपर्ने बताए । स्पान नेशनल कलेजका अध्यक्ष प्रकाश देबकोटाले बिएड, बिबिएस पढाइ हुने गरेको र निकट भबिस्यमा अनिवार्य विषयका पुस्तक निशुल्क उपलब्ध गराउने र बिद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताए । सोही अबसरमा पद्मोदय पब्लिक नमूना माबिका प्राध्यानाध्यापक रामप्रसाद जैसीले हाम्रा हरेक क्रियाकलापले सकारात्मक सन्देश दिनुपर्ने बताए ।

पद्मोदय क्याम्पसका प्रमुख निस्चल आचार्यले विद्यार्थीले आफ्नो उदेश्यलाई अगाडि राखेर पढ्नुपर्ने बताए । सोही अबसरमा नेपाल पत्रकार महासङका उपाध्यक्ष सन्तोष सुबेदी, भिएन क्याम्पसका सस्थापक अध्यक्ष गोबिन्दप्रसाद न्यौपाने, स्पान कलेजका प्राचार्य शरद्कुमार आचार्य लगायलकाले भनाइ राखेका थिए । भि एन कलेजको नामबाट सञ्चालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्ने कार्यक्रम गरि रहेको छ ।

विद्यार्थी बिनोद नेपालीको स्वागत मन्तब्यबाट शुरु भयको कार्यक्रम प्राध्यापक– शिक्षक समन्वय समितिका बिकल्प अधिकारीको अध्यक्षतामा भएको थियोे । कार्यक्रमको संचालन विद्यार्थी लोकेन्द्र रिजालले गरेका थिए । त्यस अवसरमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad