Ad Area

पद्मोदयमा बाणिज्य दर्पण बिमोचन


दाङ,९ असोज । घोराहीमा रहेको पद्मोदय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको ‘बाणिज्य दर्पण’ पुस्तक बिमोचन गरेको छ । बाणिज्य दर्पन पुस्तक प्रकाशन समितिले आइतवार एक कार्यक्रमको आयोजना गरि पुस्तक बिमोचन गरेको हो ।

बाणिज्य दर्पणका संयोजक यसोदा राउतको अध्यक्षता तथा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुस्तक बिमोचन गरिएको थियोे । कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले क्याम्पसमा अध्ययनरत चौथो बर्षका विद्यार्थीले गरेको मेहनतको खुशी पुस्तक भएको बताए । धेरै मेहनत गरेर हरेक बर्ष पुस्तक प्रकाशन गर्ने गरेको भन्दै उनले पुस्तकले अध्ययनसँगै विद्यार्थीहरुलाई व्यवस्थापनको सवालमा सहयोग पु¥याउने बताएका थिए ।
उनले विद्यार्थीहरुले किताबी अध्यनका साथसाथै अन्य अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले शिक्षा र संचार जोडेकोमा खुसी व्यक्त गरे । उनले क्याम्पसका विद्यार्थीहरुले पुस्तक प्रकाशन गरेर आफ्नो बाहिरी व्यवहारिक क्रियाकलापमा पनि अघि रहेको उजागर गरेको बताएका थिए ।

क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गोबिन्दप्रसाद न्यौपाने, भिएन क्याम्पस दाङका प्राचार्य शरदकुमार आचार्य, शिक्षक विद्यार्थी समन्वय समितिका संस्थापक संयोजक अमर घर्ती, विद्यालयका प्राध्यापक बब्लु शर्मा, पद्मोदय पब्लिक नमूना माबिका प्रध्यानाध्यापक रामप्रसाद जैसी, पद्मोदय क्याम्पस प्रमुख निश्चल आचार्य, विद्यार्थी खुस्बु पुनमगरलगायतले शुभकामना व्यक्त गरेका थिए ।
चौथो बर्षमा अध्ययनरत विद्यार्थी नारायण न्यौपाने स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन विद्यार्थी बिष्णु गोराथोकी र सीता चौधरी गरेका थिए ।

Blog Post Ad Blog Post Ad