Ad Area

बाल विकास माविद्वारा स्वागत तथा दशै मिलन कार्यक्रम


घोराही, ९ असोज । बाल विकास माध्यमिक विद्यालय घोराही १४ ले स्वागत तथा दशै मिलन कार्यक्रम गरेको छ । विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।

विद्यालयमा गठन गरिएको श्रृजनशिल बाल क्लबका संयोजक कबीर झाक्री मगरको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिती अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यता एवं घोराही १४ का वडा सदस्य टीका श्रेष्ठ मोहनको विशिष्ठ आतिथ्यतामा आईतबार एक कार्यक्रम गरिएको हो । विद्यालयको मावि तहका विद्याथीहरुसँग दशै मिलन कार्यक्रम दिवासत्रमा पनि गरिएको विद्यालयले जनाएको छ । स्वागत तथा दशै मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले जिवनलाई सफल बनाउन किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान महत्वपुर्ण हुने बताउनुभएको थियो ।

असल आचारण र सकारात्मक क्रियाकलाप गर्दै संस्कार युक्त शिक्षा हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभयो । एसईईपछि प्राविधिक विषयमा अध्यापन गराउदै आएको बाल विकास माविले गत वर्षदेखी प्लस टु सुरु गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष सुरश बुढा, शिक्षक तथा विद्याथीहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक श्रीधर पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थीहरु हेलिसा घर्ती र शरद महतराले गर्नुभएको थियो ।

यसैबीच, दिउँसो भएको दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शक्तिराम डाँगी, सल्लाहकार शम्भु गौतम, मावि तह संयोजक झग्गु प्रसाद पौडेललगायतले बोल्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुको गीत, नृत्य तथा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षक लक्ष्मी केसीले गर्नुभएको थियो ।