Ad Area

शान्ति निकेतनमा दशै मिलन : विद्यार्थीलाई टिकासँगै जमरा उपहार


दाङ, ११ असोज । दाङ घोराहीमा रहेको शान्ति निकेतन विद्यालयले दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मंगलबार विद्यालयमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

विद्यालयका प्रध्यानध्यापक टिका बस्नेतको अध्यक्षता तथा पूर्व प्रध्यानध्यापक सुनिल गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीलाई दशै टिकालगाएर जमरा उपहार दिइएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिका र जमरा उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गौतमले विद्यालयले विद्यालाई शिक्षासँगै संस्कारमा जोड दिनुपर्ने बताएका थिए । उनले नेपाली चाडपर्वहरुमा पश्चिमा संस्कृतिको प्रभाव पर्न थालेको भन्दै सानै उम्मेरदेखि बालबालिकालाई आफ्ना चाडपर्वका बारेमा अवगत गराउन आवश्यक रहेको र त्यो शान्ति निकेतनले गरेको उल्लेख गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय प्रध्यानध्यापक बस्नेतले शान्ति निकेतन विद्यालयले विद्यार्थीलाई शिक्षा मात्र होइन संस्कार पनि दिइरहेको बताए । साथै उनले जसस्वरुप विद्यार्थीलाई टिका र जमरा विद्यार्थीलाई उपहार दिएको जानकारी गराएका थिए । दशै सबै नेपालीहरुको साझा पर्व बनाउनुपर्ने भन्दै प्रध्यानध्यापक बस्नेतले विद्यालयले हरेक वर्ष यस्तै खालका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए ।

Blog Post Ad

‘विद्यालयले किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेका छ । शिक्षासँगै संस्कार जोड्ने हाम्रो अभियान रहेको छ’, प्रिन्सिपल बस्नेतले भने,‘ अभियान अन्तर्गत विद्यालयले दशै मिलन कार्यक्रम गरेर विद्यालय र अभिभावसँग जोडिने काम गरेको छ । यसले विद्यार्थीलाई शिक्षासँगै आफ्नो सस्कार सिकाउन सहयोग गर्नेछ ।’

Blog Post Ad Blog Post Ad