Ad Area

सल्यानमा जीप दुर्घटना, ८ जनाकाे मृत्यु ! नामसहित


सल्यान, १२ असोज । सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।                       राप्ती राजमार्ग अन्तरगत सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी र वनस्पती कार्यालयको विचको डाँडामा जीप दुर्घटना भएको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको रिम तर्फ जाँदै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ज ५६३ नम्वरको  जीप बिहान करिव साढे ३ बजे दुर्घटना भएको हो । दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् । दुर्घटनामा ज्यान गुमाउने अधिकांश कपुरकाेट ६ सिनवाङका रहेका गाउँपालिका अध्यक्ष दुर्गा पुनले बताउनुभयो । दुर्घटनामा गम्भिर घाइते एक जनाकोे उद्धार गरि उपचारका लागि तुलसीपुर हुँदै नेपालगंज पठाइएको छ।

साे दुर्घटनामा ज्यान गुमाउने एकापरिवारमा रहेकाे बताईएकाे छ । गाउँपालिका  अध्यक्ष पुनका अनुसार,  दुर्घटनामा ज्यान गुमाउनेहरुमा जिप चालक कपुरकोट ६ जलवांङका २१  वर्षीय जित बहादुर बोहरा, सोहि ठाउँका ३७ वर्षीय  धर्म वली, ४० वर्षीय टोप बहादुर वली, उहाँको छोरा ११ वर्षीय वसन्त वली, सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट ५ रिमका ३५ वर्षीय ललित वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।

शवलाई पाेष्टमार्टमका लागि अस्पताल पठाउने काम भएको  कपुरकोट गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा गम्भीर घाईते हुनेमा वडा नम्बर ६ कै ३५ वर्षीय तिलक वली रहेका छन् । जीप सडकबाट करिव दुई सय मिटर तल खसेको छ । बाँकेबाट विहे भाेज खाएर घर फर्किँदै गर्दा जीप दुर्घटनामा परेकाे हाे । घटना स्थल जिल्ला सदरमुकाम खलंगादेखि करिव ३८ किलाे मिटर पूर्व दक्षिणमा रहेको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । दुर्घटना बारे अनुसन्धान भई रहेकाे सल्यान प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad