Ad Area

नेपाल निवृत्त राष्ट्रसेवक समाजद्वारा सेवामा सहुलियत दिन अपिल


घोराही, १२ दाङ । नेपाल निवृत्त राष्ट्रसेवक समाज दाङले ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई सरकारी स्वास्थ्य संस्थामा लाग्ने शुल्क तथा सार्वजनिक यातायातका सवारी साधनमा लाग्ने भाडा दरमा पचास प्रतिशत छुट सहुलियत दिन माग गरेको छ ।

समाजका अध्यक्ष चतुरमान डाँगीको अध्यक्षतामा बुधबार घोराहीमा बसेको बैठकले ज्येष्ठ नागरिक ऐन २०६३ मा व्यवस्था भए अनुसार ५० प्रतिशत रकम छुट सहुलियतको व्यवस्थालाई कार्यान्वयन गराउनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र दिने निर्णय गरेको छ ।

यसैगरी ज्येष्ठ नागरिकहरुले सरकारी तथा गैह्रसरकारी निकायबाट सेवा, सुविधा लिँदा लाइनमा बस्दा कठिनाई हुने भएकोले लाइनमा बस्नु नपर्ने अवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयन गराउन सम्बन्धित कार्यालयमा पनि परिपत्र गरिदिन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको समाजका सुचना अधिकारी कमलमणि देवकोटाले बताउनुभयो ।

सो अवसरमा उपस्थित सेवा निवृत्त राष्ट्रसेवकहरूले २०७९ सालको बडादशैँ, दीपावली तथा छठ लगायतका चाडपर्वहरू शुभ रहुन् र राष्ट्रकै समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरेका थिए । यस्तै, केही दिनअघि मोटरसाइकल दुर्घटनामा परी उपचार गराइरहनुभएका समाजका सदस्य शेषमणि रिजालको स्वास्थ्यलाभको कामना समेत गरिएको सुचना अधिकारी देवकोटाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad