Ad Area

माहुरीपालन महासंघको १३ औ साधारणसभा


दाङ, १३ असोज । नेपाल माहुरी पालक महासंघ दाङ शाखाको १३ औ साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम महासंघका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको अध्यक्षता तथा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा वोल्ने बक्ताहरुले माहुरीपालक कृषकहरु आफनो हक अधिकारको लागि एकतावद्ध हुनुपर्ने बताएका थिए । महको गुणस्तर सुधार गर्नतर्फ कृषकहरुले ध्यान दिनुपर्ने बताएका थिए । गुणस्तरीय मह नहुँदा विदेशमा निर्यात गर्न समेत समस्या हुने गरेको बताएका थिए । उनीहरुले उत्पादित वस्तु बजारीकरणका लागि राज्यले सहयोग गरि दिनुपर्ने उनीहरुको भनाइ रहेको थियो ।

माहुरी चरीचरमा देखिने समस्या समाधानका लागि अगाडि वढनु पर्ने बताएका थिए । कार्यक्रममा नेपाल माहुरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुभाषचन्द्र घिमिरे, कृषि ज्ञान केन्द्रका वाली संरक्षण विकास अधिकृत रुद्रमणि पौडेल, नेपाल माहुरीपालक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामहरि शर्मा, मौरी जोनका पुर्व संयोजक कृष्ण डाँगी, नेपाल माहुरीपालक महासंघ कपिलवस्तुका कोषाध्यक्ष माधव पौडेल, गिता रावतलगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रममा लामो समयदेखि माहुरीपालन गदै आएका कृषक दामोदर वस्याललाई सम्मान गरिएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव किशोर पाण्डे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनञ्जय आचार्यले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण महासंघका सदस्य सरस्वती सुवेदीले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad