Ad Area

बस दुर्घटनामा ४२ जना घाइते,गम्भीर घाइतेलाई नेपालगंज रिफर


घोराही, १५ असोज । दाङ भएको बस दुर्घटनामा ४२ जना घाइते भएका छन । घोराही–लमही सडकखण्ड अन्तर्गत घोराहीबाट लमहीतर्फ जादै गरेको रा १ ख १८४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टास्थीत भैसी बगाउने खोलाको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा ४२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुर्घटनामा बस चालकसहित पाँच जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरीका कार्यालय दाङ प्रवक्ता गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते लमही नगरपालिका–८ निवासी २६ बर्षीय दीपक चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगंज रिफर गरिएको छ । दुर्घटनामा गढवा गाउँपालिका–४ निवासी २३ बर्षीय बिपना चौधरी, सोही ठाउँ निवासी २४ बर्षीय अनिता नेपाली,गढवा–२ निवासी २६ बर्षीय सूर्यप्रकाश चौधरी गम्भीर घाइते भएका छन् । उहाँको टाउको, नाक, घाटी,खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

‘घोराहीबाट लमहीतर्फ गैरहेको बस ओरालोमा ब्रेक फेल हुँदा अनियन्त्रित भएर दुर्घटना भएको रहिछ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘ओरालोमा बस अनियन्ति भएर भित्तामा ठोकिदा मानवीय क्षेती कम भएको देखिन्छ ।’ उहाँका अनुसार अधिकांस किनमेलका लागि घोराही आएका र घोराहीबाट दशै मनाउन घरतर्फ फर्कन लागेका मानिसहरु रहेका छन् ।

 

Blog Post Ad Blog Post Ad