Ad Area

मावि जजरागाउँमा पूर्व विद्यार्थी भेला सम्पन्न


घोराही, १७ असोज । घोराही – ६मा रहेको माबी जजरागाउँमा पूर्व विद्यार्थीहरुको दसैं मिलन कार्यक्रम ( आइतबार ) विद्यालयमा सम्पन्न भएको छ। विद्यालयमा अध्ययन गरेर विभिन्न पेसा ब्यबसायमा रहेका पूर्व विद्यार्थीको बिचमा आफुले पढेको विद्यालयलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको हो ।
पुर्ब विद्यार्थी समाजको अध्यक्ष टेकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रम घोराही -६ का वडा अध्यक्ष , बिष्णुराम आचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वडा अध्यक्ष आचार्यले विद्यालयमा खानेपानी , शौचालयको राम्रो ब्यबस्थापन हुनुपर्ने , बिधालय ब्यबाथापनले राम्रो भुमिका खेल्नुपर्ने बताउनुभयो। पुर्ब विद्यार्थीहरुले सहयोग गरेमा विद्यालयलाइ अगाडि सहयोग हुने उहाँको धारणा थियोे ।
सोही कार्यक्रममा बिधालयका पुर्ब प्र अ बोधिलाल शर्मा, जिसस दाङका पुर्ब उप संयोजक श्रीधर शर्मा पौडेल पुर्ब विद्यार्थी मीनराज अधिकारी, प्रकाश बिष्ट , बिधालयका प्र अ बिप्लब अधिकारीले बिद्यालयमा भएका कामलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पूर्व बिद्यार्थीको सहयोग चाहिने बताउनुभयो । विद्यालयमा पुर्ब विद्यार्थी ८०जनाको उपस्थिति रहेको थियो। पुर्ब विद्यार्थीहरुले विद्यालयलाइ कसरी राम्रो बनाउने भन्ने विषयमा सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।
सो विद्यालयमा अहिले बाल बिकासदेखि १२ सम्म ५ सय ४२ जना विद्यार्थी अध्ययनरत छ्न। १२ पढ्न जाने बाहिर नगई यही बसेर ८० जना विद्यार्थी यही पढ्ने गरेका छन् । बिधालयका शिक्षक ध्रुबराज अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम संचालन विद्यालयका शिक्षक रिमा गौतमले गर्नुभएको थियो।
नयाँ कार्यसमिति पुनर्गठन
पुर्ब विद्यार्थीहरुको भेलाले पुर्न गठन गरेको छ। जसको अध्यक्षमा अर्जुनकुमार अधिकारी , सदस्यहरुमा शरदकुमार आचार्य, प्रकाश अधिकारी, गोबिन्द वली, टेकनाथ अधिकारी, रिमा गौतम, सन्जय आचार्य रहनु भएको छ। तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको सल्लाहकारहरुमा टिकाराम उदासी, भिमार्जुन आचार्य र मिनराज अधिकारी रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad