Ad Area

मनोनयन दर्ता शुरु, ४ दलले गराए उम्मेदवारी दर्ता


घोराही, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज मनोनयन दर्ता भैरहेको छ । यसका लागि निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ । अहिलेसम्म दाङको क्षेत्र नम्वर २ तर्फ ४ राजनितिक दलको उम्मेद्वारी परेको छ ।

प्रतिनिधिसभातर्फ मनोन्वयन दर्ता गराउनेमा नेकपा माले, नेपाल मजदुर किसान पार्टि, नेपाली कांग्रेस विपि र मंगोल नेशनल अर्गनाईजेशन रहेका छन् । यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्वर १ मा मंगोल नेशनल अर्गनाईजेशनका १ जनाको मात्रै उम्मेद्वारी परेको छ । आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ। दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उमेदवारको बन्दसूची पनि आयोगमा बुझाइसकेका छन् ।

यसैबीच, प्रमुख राजनीतिक दलहरुले आआफ्नो तर्फबाट संघीय निर्वाचनको १ सय ६५ सीटमा उम्मेदवारको भागबन्डा गरी उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट मुख्य घटक नेपाली कांग्रेसले ८८ सीट, नेकपा माओवादी केन्द्रले ४८ सीट, एकीकृत समाजवादीले २० सीट, लोकतान्त्रिक समाजवादीले ७ र जनमोर्चाले २ सीट बाँडफाँड गरेका छन् ।

यस्तै, प्रमुख प्रतिपक्षीका तर्फबाट पनि अन्य ४ दलसँग तालमेल गरी सीट बाँडफाँड गरेका छन् । जसमा नेकपा एमालेले १ सय ४३ सीट लिएको छ भने जनता समाजवादीलाई १७ सीट, राप्रपालाई ३ सीट, कांग्रेस बिपी र राप्रपा नेपाललाई १–१ सीट बाँडफाँड गरी उम्मेदवारी दर्ता गराउने तयारी गरेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad