Ad Area

वसल्लमको १४९७ औँ जन्मोत्सव मनाउँदै मुस्लिम समुदाय


घोराही, २३ असोज । ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमको १४९७ औँ जन्मोत्सव मुस्लिम समुदायले मनाईरहेका छन् ।  दाङमा रहेका मुस्लिम समुदायले जस्ने ईद मीलादुन्नबी सल्लल्लाहु अलैहे वसल्लम १२ रविउल अब्बल सरिफ १४४४ हिजरीमा आफ्नो धर्मका अन्तिम प्रवर्तकको जन्मदिन भव्यरुपमा मनाईरहेका छन् ।

फैजाने गौसिया मस्जिद समितिको आयोजनामा उनीहरुले आज घोराही बजारमा र्याली पनि निकालेका थिए । घोराही १५ मा रहेको गौसिया मस्जिदमा औपचारिक कार्यक्रम गर्दै आफन्तजन, शुभेच्छुक सबैसँग खुशी साटासाट गरेर जन्मोत्सव मनाईरहेका छन् ।

मुस्लिम समुदायका सबै उमेर समुहका व्यक्तिले हर्षोल्लासका साथ आफ्नो धर्मका अन्तिम प्रवर्तकलाई सम्झिने काम भईरहेको रजीव उल्लाह खानले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad