Ad Area

स्व. गणेशप्रसाद रोकाको सालिक अनावरण


दाङ,२५ असोज । समाजसेवी स्व. गणेशप्रसाद रोका मगरको सालिक अनावरण गरिएको छ । घोराही उपमहानगरपालिका–१३ को डुम्मर गाउँमा ढाङढुग गणेश रोकामगर चोकको नामाकरणसंगै मंगलवार एक कार्यक्रमकावीच स्वंर्गीय रोकामगरको सालिक अनावरण गरिएको हो ।

स्वर्गीय गणेशप्रसाद रोकामगरकी श्रीमति कमला रोका मगरको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, घोराही उपमहानगरपालिका पूर्व नगर प्रमुख एवं लुम्विनी प्रदेशका पूर्व सांसद अमरबहादुर डाँगी, विधायीका नारायणप्रसाद शर्मा, स्वर्गीग गणेशप्रसाद रोकाकी श्रीमति पुष्पा रोकामगरलगायतले शालिकको अनावरण गरेका थिए ।कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय रोकामगरले घोराहीको भौतिक पूर्वाधारको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै चर्चा गरेका थिए ।

 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका पूर्व नगर प्रमुख बलिभद्र राना मगर, जिल्ला समन्वय समिति सदस्य जुनकुमारी बुढा, घोराही उपमहानगरपालिका–१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल, घोराही उपमहानगरपालिका–१४ का वडा अध्यक्ष भानसिङ बुढामगर, घोराही उपमहानगरपालिका–१४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी, नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष मुक्त बुढामगर, घोराही उपमहानगरपालिका–१३ का निवर्तमान वडा अध्यक्ष रबिलाल घर्तीमगर, स्वर्गीय गणेशप्रसाद रोका मगरका छोरा पृथ्वीप्रसाद रोकामगर, रोल्पाली ढाङढुगे कुरेसी समाजका सल्लाहकार कुम्भ बुढामगर, डुमरगाउँ टोल बिकास सस्थाका अध्यक्ष गोपाल बिक,तकसेर समाजका अध्यक्ष मित्रलाल बुढामगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad

स्वर्गीय गणेशप्रसाद रोकाका छोरा कैलाश रोकामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण थुमबहादुर वलीले गरेका थिए । वि.स.१९९२ साल फागुन महिना महिनामा रोल्पा जिल्लाको ढाङडुग कुरेलीमा जन्मिभएका रोकाको २०७८ साउनको ३ गते निधन भएको थियो । कार्यक्रममा सालिक निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सालिक गणेशप्रसाद रोकामगरका छोराहरुले व्यक्तिगत लगानीमा निर्माण गरेका हुन ।

Blog Post Ad Blog Post Ad