Ad Area

दाङ युवा मञ्चको अध्यक्षमा पुनः वली चयन


घोराही, २५ असोज । दाङ युवा मञ्चको विशेष साधारण सभा सम्पन्न भएको छ ।

सामाजिक, खेदकुद र सांस्कृतिक क्षेत्रमा काम गर्ने लक्ष्यसहित स्थापना गरिएको युवा मन्चको विशेष साधारण सभा मञ्चका अध्यक्ष समिर वलीको अध्यक्षता तथा संस्थापक अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यमा दाङ युवा मञ्चले विषेश साधारणसभा सम्पन्न भएको हो ।
मञ्चले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।

समिर वलीको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा निश्चल पोख्रेल, महासचिवमा शर्मिला खनाल, सचिवमा हिरा देवी बुढा, कोषाध्यक्षमा जगदीश घिमिरे, सहकोषाध्यक्षमा अभियान गौतम चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा कमल पुरी, विवेक ज्ञवाली, मिरा अधिकारी, पुर्णिमा अधिकारी, पुष्पा भुसाल, शिवराज सिंह ठकुरी, लुमाकान्त डाँगी, भेषराज सिंह चौहान, केशव रावत, मोहित बस्नेत र केशव गिरी चयन हुनुभएको छ ।

कार्यसमितिले नयाँ सल्लाहकारहरु चयन गरेको छ । संरक्षक सविन प्रियासन, वरिष्ठ सल्लाहकारमा भुपेन्द्र विक्रम थापा र सल्लाहकारहरुमा सुन्दर गौतम, रुपक थापा, साजिता सिद्धिकी र इन्द्र बहादुर रावतलाई चयन गरेको छ । सो अवसरमा दाङ युवा मञ्चले संस्थागत टिसर्ट र खेलकुद जर्सी समेत सार्वजनिक गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थाले विगतबाट खेल्दै आएको सिर्जनात्मक कामको निरन्तरता दिँदै सामाजिक जागरणका कार्यक्रममा पनि ध्यान दिन अपिल गरेका थिए । उनीहरुले अहिले युवा पुस्तालाई गलत बाटोमा जान नदिन जागरणसहितका सकारात्मक कार्यक्रममार्फत संस्थालाई अग्रसर गराउन उनीहरुको आग्रह थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad