Ad Area

आगलागीबाट क्षति व्यहोरेका उद्योगीलाई २ लाख कोष स्थापना, सहयोगका लागि अपिल


घोराही, ८ कार्तिक । घोराहीका फर्निचर उद्योगमा आगलागी भएको क्षति प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । घटना भएलगत्तै मंगलवार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले क्षति पुगेका उद्योगी तथा व्यवसायीहरुलाई राहातका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह बुढाथोकीले जानकारी दिनुभयो । संघले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्नका लागि सम्पूर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ । राहतका लागि सम्वन्धीत निकायमा पहल गरिने उहाँले बताउनुभयो ।

साथै राहत उपलव्ध गराउन इच्छुकले हिमालयन बैंक घोराही शाखाकोे खाता नम्बर ०२४०३७९३३५००१७ मा रकम जम्मा गर्न सकिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनुभयो । विपदका बेला सबैको सहयोग आवश्यक रहेको भन्दै उद्योग वाणिज्य संघले सबैमा सहयोगको अपिल गरेको छ । घोराही उपमहानगरपालिका–१५ उमेशमार्गमा रहेका चार वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका छन् ।

न्यू दाजुभाई फर्निचर उद्योग, दाजुभाई फर्निचर उद्योग, ओम प्रकृति फर्निचर उद्योग र स्टार दाजुभाई फर्निचर उद्योग गरि चार वटा फर्निचर उद्योगमा आगलागी भएको हो भने आगलागीका कारण छेैमा रहेका घरमा समेत नोक्सान गरेको छ । प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेको आगो बिहान साढे ४ बजे नियन्त्रणमा आएको थियो । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad