Ad Area

आगलागी घटना प्रति नागरिक समाजद्वारा दुख व्यक्त


घोराही, ८ कार्तिक । नागरिक समाज दाङले दाङको घोराहीमा रहेको फर्निचर उद्योगमा लागलागी हुँदा भएको क्षतिप्रति दुख व्यक्त गरेको छ ।

आगलागीका कारण करोडौँको भौतिक क्षति हुँदा उद्योग व्यवसायमा ठूलो धक्का लागेको हुँदा पीडित व्यवसायी र परिवारजनमा तत्काल राहत र उचित व्यवस्थापनमा जुट्न सम्बन्धित सबै निकाय, संघसंस्थाहरुमा हार्दिक अनुरोध गरेको छ ।

समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आगलागी घटनाका पीडित व्यवसायीलाई यथाशीघ्र उचित क्षतिपूर्तिको व्यवस्था गर्न अपिल गर्नुभएको छ ।

आकस्मिक रुपमा हुने घटनालाई मध्यनजर गर्दै यस्ता घटना नियन्त्रणका लागि प्रयोगमा आउने जुनसुकै यन्त्र उपकरण तथा साधन श्रोतलाई सदैव चुस्तदुरुस्त राख्न पनि सरोकार सबै निकायलाई गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका–१५ उमेशमार्गमा रहेका फर्निचर उद्योगमा सोमबार राति आगलागी हुँदा फर्निचर उद्योग जलेर पूर्ण रूपमा खरानी भएको छ भने सवा सात करौडौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad