Ad Area

भैलोबाट संकलित रकमबाट वृद्धवद्धालाई सहयोग


दाङ,१२ कार्तिक । लक्ष्मीपुर युवा क्लबको आयोजना २०७९ को तिहारमा खेलिएको भैलो कार्यक्रमबाट संकलित रकम मध्य केहि रकमबाट दैनिक उपभोग्य सामग्री चामल, तेल, नुन, बेसार, तरकारी र पिठोलगायतका सामग्री खरिद गरेर बृद्धबृद्धाहरु सहयोग गरिएको छ ।

क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराही उपमहानगरपालिका–४ आदर्श टोल निवासी एकल वृद्ध खड्ग बहादुर बिक र सोही वडा पृथ्वी टोल निवासी एकल वृद्ध सुन्तली बिकलाई सामग्री सहयोग गरेको हो । क्लवका अध्यक्ष पंकज आचार्यको अध्यक्षता तथा वडा अध्यक्ष मधुसूदन घिमिरेको प्रमुख आथित्यमा सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

त्यस अवसरमा भैलोका क्रममा संकलन गरिएको चामल तथा रोटी समेत उनीहरुलाई वितरण गरिएको थियो । कार्यक्रमका सहभागीलाई क्लबका सहसचिव खेमराज भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।

Blog Post Ad Blog Post Ad