Ad Area

सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार


रुकुमपूर्व, २१ कार्तिक । रुकुमपूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका– ५ की ३४ वर्षीया सावित्री गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

आइतबार राति रुकुमपूर्व अस्पतालमा गुरुङले छोरी जन्माउनुभएको थियो । अस्पतालका डा। नारायण बरालले बच्चाको श्वासप्रश्वास र आमाको स्वास्थ्यमा समस्या देखिएको जानकारी दिनुभयो । आमा र बच्चा दुबैलाई थप समस्या आउन नदिन जिल्लाबाहिर पठाइएको डाक्टर बरालको भनाइ छ ।

गुरुङलाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न अस्पतालमा लैजान समस्या भएपछि नेपालगञ्जबाट हेलिकोप्टर मगाएर उद्धार गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमा गुरुङलाई सुर्खेत पठाइएको रेग्मीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad