Ad Area

आंगिक क्याम्पस निर्माणका लागि जग्गाको निरिक्षण


त्रिभूवन विश्वविद्यालयले प्रत्येक प्रदेशमा इन्जिनियरिङको आंगिक क्याम्पस खोल्ने निर्णय गरे अनुसार लुम्बिनी प्रदेशको दाङ घोराहीमा क्याम्पस सञ्चालनका लागि आवश्यक पूर्वाधारको अबस्थाका बारेमा इन्जिनियरिङ अध्ययन संस्थानको टोलीले अवलोकन तथा निरिक्षण गरेको छ ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको पहलमा त्रिभूवन विश्वविद्यालयले दाङको घोराहीमा इन्जिनियरिङको आंगिक क्याम्पस खोल्ने निर्णय गरेको थियो ।

सोही अनुसार क्याम्पस स्थापनाका लागि आबस्यक जग्गा सहित पूर्वाधारको बिस्तृत अध्ययनका लागि क्याम्पस सञ्चालनका लागि बनाईएको अध्ययन समितिले जग्गाको निरिक्षण एवं सरोकारवाला सँग छलफल गरेको छ ।

अध्ययन समितिका संयोजक तथा इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन सुशीलबहादुर बज्राचार्यको नेतृत्वमा आएको टोलीले घोराही १५ भरतपुर र घोराही १७ भैसाहीमा जग्गाको निरिक्षण पनि गरेको छ । भरतपुर स्थित महेन्द्रबहुुमुखी क्याम्पसको स्वामित्वमा रहेको ५ विगाह र भैसाहीमा रहेको भैसाही बेलभार सामुदायिक वन उपभोक्ता समूहको २२ विगाह जग्गाको अबलोकन गरेर टोली फर्किएको छ ।

उक्त वन समूहको जग्गा क्याम्पस स्थापनाका लागि इन्जिनियरिङ अध्ययन संस्थानलाई दिने भनी उपभोक्ताको सहमती सहित वडा कार्यालय र घोराही उपमहानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरि प्रकृयालाई अघि बढाईएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

अध्ययन तथा निरिक्षणमा इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर राम जोशी, सहायक डिनहरु ज्ञानबहादुुर थापा, चिन्तामणि पोखरेल, योजना निर्देशनालयका प्रा। डा। धुु्रबकुुमार गौतम, पुुल्चोक इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्य, अध्ययन समितिका सल्लाहकार प्रा.डा. त्रिरत्न बज्राचार्य, प्रा. डा. प्रेमचन्द्र झाँ, अध्ययन समिति सदस्य प्रा. डा. विनोद पराजुली, नारायणप्रसाद गौतम, सुरज लामिछाने, सदस्य सचिब पूर्णप्रसाद गौतम र संस्थानका प्रशासन प्रमुख भीमबहादुर श्रेष्ठ आएका थिए ।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad