Ad Area

तरुण दलद्वारा अपांग पुनःस्थापना गृहलाई खाद्यान्न


दाङ,१० कार्तिक । नेपाल तरुण दलको ६८ औ स्थापना दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१४ झिगौरामा रहेको नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वार्गद्वारी शाखाद्वारा संचालित अपांग पुनःस्थापना गृहलाई नगदसहिद खाद्यान्न सहयोग गरिएको छ ।

नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको अध्यक्षता तथा नेपाली कांग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खाद्यान्न बितरण गरिएको थियोे । तरुण दलले पुनःस्थापन गृहमा रहेका अपांग भएका व्यक्तिहरुलाई सहयोग पुर्याउने उद्देश्य अनुरुप ७ बोरा चामल, १८ केजी दल, १० लिटर तेल,१० केजी पिठो, ५ केजी चिनी, ५ किलो नुन,स्वाबिन १० प्याकेटलगायतको खाद्यवस्तु सहयोग गरेको हो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका–१६ निवासी रबिन भण्डारीले तरुण दलमार्फत ५ हजार एक सय नगद रुपैया पुनःस्थापना गृहलाई सहयोग गरेका थिए ।

कार्यक्रमलाई बोल्दै सभापति खड्काले तरुण दलमा आवद्ध युवाहरुलाई आफुलाई परिवर्तन गर्दै समाज परिवर्तन लाग्न आग्रह गरे। उनले अहिले पार्टीसंगै देशका लागि युवाहरुको आबश्यता रहेकाले युवाहरु बिधि, बिधान र प्रक्रियालाई अबलम्बन गर्दै अधि बढन आग्रह गरेका थिए । त्यसका युवाहरुमा बुद्धि,बल,जोस र जागरलाई समाज परिवर्तनमा लगाउनुपर्ने बेला आइपुगेको बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले संगठन निर्माणसंगै समाज रुपान्तरणमा तरुण दललाई लगाउन आग्रह गरेका थिए । नेपाली कांग्रेस निर्माणका लागि तरुण तह महत्वपूर्ण भातृ सस्थाका रुपमा रहेको भन्दै सहभागीहरुले तरुण दललाई रचनात्मक कार्यमा सहभागी बनाउन समेत आग्रह गरेका थिए । उनीहरुले अशंक्त तथा अपांगता भएका व्यक्तिहरुलाई गरिएको सहयोगले समाजमा राम्रो सन्देश दिने भन्दै यस्ता कार्यक्रमहरुलाई आगामी दिनहरुमा निरन्तरता दिन समेत आग्रह गरेका थिए ।

Blog Post Ad

कार्यक्रममा कांग्रेसका जिल्ला उपसभापति कमानसिंङ भारती,जिल्ला सदस्यद्धय भिमप्रकाश खड्का र बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र न २ का उपसभापति भगत सिंह भण्डारी, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावत, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम बिश्वकर्मा, नेपाल विद्यार्थी संघका नेता लेखनाथ बुढाथोकी,नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्र्वद्धारी शाखाका उपाध्यक्ष रपा वलीलगायतले बोलेका थिए ।

तरुण दल दाङका उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत मन्तव्य सुरुको कार्यक्रम सहजीकरण धुर्व आचार्यले गरेका थिए । पुनःस्थापन गृहमा अहिले दश जना अपागता भएका व्यक्तिहरु बस्दै आएका छन ।

Blog Post Ad Blog Post Ad