Ad Area

जनमोर्चाको चुनाव लक्षित अवधारणा पत्र सार्वजनिक


घोराही, २३ कार्तिक । राष्ट्रिय जनमोर्चा निर्वाचन प्रचारप्रसार समिति दाङले निर्वाचन लक्षित पत्रकार सम्मेलन गरि चुनावी रणनीति, एजेन्डा र प्रतिवद्धताका बारेमा जानकारी गराएको छ ।

जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा कार्यकारिणी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्य एवम् केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको विशिष्ट आतिथ्यमा पत्रकार सम्मेलन गरिएको हो । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जनमोर्चाले प्रत्यक्ष तथा समानुपातिक दुईटै निर्वाचन प्रणालीअन्तर्गत आफ्ना उम्मेदवारहरू खडा गरेर चुनावी मैदानमा उत्रिएको छ ।
प्रत्यक्षतर्फ राष्ट्रिय जनमोर्चाले दल पाँचदलीय गठबन्धनसँग मिलेर चुनावमा आफ्ना उम्मेदवार खडा गर्नुका साथै संयुक्त रूपमा चुनावी अभियान संचालन गरिरहको छ ।

जस अनुसार आज घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको अवधारणा र उम्मेदवारको विषयमा जानकारी गराएको छ । धर्म निरपेक्षता, गणतन्त्रको रक्षा गर्न अघि बढेको जनमोर्चाले प्रतिगमन विरुद्ध गठबन्धन गरेर चुनावी मोर्चामा होमिएको बताएको छ ।  यस्तै, २०६२–०६३ को जनआन्दोनबाट प्राप्त उपलब्धि रक्षाका लागि संसदीय निर्वाचनमा होमिएको जनमोर्चाले बताएको छ ।

अवधारणा पत्र प्रस्तुत गर्दै कार्यकारिणी अध्यक्ष नेपालीले समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था समाजमा पिछडीएका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायलाई राज्यको मूलधारमा समेट्ने उद्देश्य भएपनि राज्यले थ्रेसहोल्डको प्रावधान लगाएर पिछडीएको जाति, वर्ग, लिंग, क्षेत्र र समुदायलाई राज्यको मूलधारमा आउनमा अवरोध खडा गरेको भन्दै जनमोर्चाले थ्रेसहोल्डको प्रावधानको विरोध गर्दै उक्त प्रावधान खारेज हुनु पर्ने अडान राख्दै आएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाले यो निर्वाचनमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गर्न गठबन्धनमा सामेल भएको छ तर, संघीयता खारेजीको एजेण्डा बनाएको बताउनुभयो । विद्यमान अवस्थामा गणतन्त्र, धर्म निरपेक्षतामाथिको प्रहार बढेर गएको औँल्याउँदै राष्ट्रियता खतरामा पर्न नदिने आफुहरुको अडान रहेको बताउनुभयो । त्यसका साथै प्रतिनिभि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचनतर्फ बन्दसूची प्रस्तुत गरी उम्मेदवार खडा गरेको बताउनुभयो ।

Blog Post Ad

यसैबीच, जनमोर्चाले बन्दसूचीमा रहेका उम्मेदवारहरूलाई विजयी बनाउन देशव्यापी रूपमा समानुपातिक निर्वाचन अभियान संचालन गरेको जनाएको छ । समानुपातिक निर्वाचन अभियानअन्तर्गत दुई प्रकारले कार्यक्रमहरू संचालन गरिरहेको जनमोर्चाको कार्तिक १७ देखि सुरु भएको प्रचारप्रसार अभियान कार्तिक २८ गते बुटवलमा समापन कार्यक्रम गरेर सम्पन्न गर्ने योजना बनाएको छ ।

बुटवलबाट सुरु भएको यो अभियान कपिलवस्तु, दाङ,बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत हुँदै दाङ तुल्सीपुर हुँदै आज घोराही केन्द्रीत कार्यक्रम प्रादेशिक तथा जिल्लास्तरमा पनि व्यापकरूपमा समानुपातिक निर्वाचन अभियान संचालन भईरहेको जनाएको छ । जिल्ला सदस्य सुशील पोख्रेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव शुक्रराज भण्डारीले गर्नुभएको थियो ।  जनमोर्चा दाङले प्रतिनिधि सभामा समानुपातिक तर्फ रश्मिराज नेपाली र कृष्णा राना तथा प्रदेश समानुपातिकमा गणेश आचार्य, बलदेव विक, केशरी आचार्य, रमेशमान गुरुङ, रम्भा चौधरी र रामफकिर रैदासलाई उम्मेदवार बनाएको छ ।

Blog Post Ad Blog Post Ad