Ad Area

राष्ट्रको मुद्धा उठाउन सक्ने क्षमता महिला पत्रकारमा


रन्जिता अधिकारी

दाङ, २९ कात्तिक । नेपालस्थित अमेरीकी दुवावासकी प्रवक्ता अन्नारीले राष्ट्रको मुद्धा उठाउन सक्ने क्षमता महिला पत्रकारमा रहेको बिश्वास व्यक्त गरेकी छिन् । उनले नेपालमा पुरुष पत्रकारहरुको बाहुल्यता रहेकोप्रति आश्चर्य व्यक्त गर्दै आजको युगमा पनि महिला पत्रकारहरुको संख्या न्युन हुनु दुखद रहेको बताईन् ।

सञ्चारीका समुहले आयोजना गरेको महिला पत्रकारहरुका लागि क्षमता अभिवृद्धि पुनराअवलोकन विषयक एक दिने कार्यशाला गोष्ठिमा अन्नारीले राष्ट्रको पहरेदारका रुपमा महिला पत्रकार रहेको बताएकी हुन । अन्नारीले महिलाको जनसंख्या धेरै भएको देशमा महिलाहरु नै नेतृत्व तहमा पुग्न नसक्नु दुखद रहेको बताउँदै लोकतन्त्रमा महिला पुरुषबीच समान आवाज र समान समावेसिता हुनुपर्नेमा जोड दिईन् । उनले समान समाजको परिकल्पना गर्न महिलाहरुले कलम चलाउनुपर्नेमा जोड दिईन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले महिलाहरुको संवेदनशिलताका विषयलाई लिएर महिला पत्रकारहरुले कलम चलाउन आवश्यक रहेको चर्चा गर्दै महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकारले नीति निर्माणको तहमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सञ्चारीका समुह नेपालकी महासचिव बसन्ती बास्तोला, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार दिलमाया शाही, रञ्जिता अधिकारी लगायतले आ–आफनो धारण राखेका थिए । सञ्चारीका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा दाङ, बाँके जुम्ला र सिराहाका पत्रकार महिलाको सहभागिता रहेको थियोे ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad