Ad Area

विशाल अधिकारीले बुझाए निर्वाचनकाे खर्च विवरण


दाङ- दाङ २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विशाल अधिकारीले आफ्नो निर्वाचन खर्च बुझाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अधिकारीले निर्वाचन परिणाम घोषण भएकै दिन आफ्नो निर्वाचन खर्च बुझाएका हुन् ।

उनले आफ्नो निर्वाचनको क्रममा खर्च भएको ४ लाख ९६ हजारको विवरण बिहिवार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुझाएका हुन् । ‘हामीले चुनावी अभियानलाई सरल र सृजनशील तरिकाले सम्पन्न गरेका छौं’ उनले भने, ‘निर्वाचनमा भएको खर्चको वास्तविक हिसाव सार्वजनिक गरेका छौं ।’
साथै निर्वाचनमा आफूलाई मत दिने मतादता प्रति धन्यवाद एवं आभार व्यक्त गरेका छन् ।

Blog Post Ad Blog Post Ad