Ad Area

हारलाई अवसरका रुपमा लिएको छु : महासचिव पोखरेल


घोराही, ९ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हारलाई अवसरका रुपमा लिएको बताएका छन् ।
दाङ क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार पोखरेल गठबन्धनकी उम्मेदवार माओवादीकी रेखा शर्मा संगको प्रतिस्पर्धामा १ सय ९७ मतान्तरले पराजीत भएका थिए । शुक्रवार घोराहीमा पत्रकार भेटघाट कार्यक्रमलाई संवोधन गर्दे हार जीत स्वाभाविक प्रक्रिया भएको भन्दै आफु अव सिंगो पार्टी निर्माणमा ध्यान केन्द्रित गर्ने बताए ।

‘राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने र त्यसैका माध्यमवाट समग्र दाङको विकास गर्ने सपना तुहिएको छ, तर अवको पाँच वर्षमा पार्टी निर्माणमा लाग्नेछु विजयी भएका साथीहरु संगको सहकार्य गर्र्देै दाङ निर्माणमा सघाउनेछु’–उनले भने, ‘म पछाडी फर्कन चाहान्न, अवको दिनमा वलियो राजनीतिक शक्ति निर्माणको माध्यवाट मुलुकलाई स्थायित्वको दिशामा लैजान ध्यान केन्द्रित गर्नेछु’ ।

पत्रकार भेटघाट कार्यक्रमलाई संवोधन गर्दे महासचिव पोखरेलले नीति र एजेण्डामा आधारित सरकार बनोस् र देशलाई अहिलेको समस्यावाट निकाल्न सकियोस् भन्दै शुभकामना व्यक्त गरे । उनले जिल्लाबाट निर्वाचित भएकाहरु प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई यहाँको फोरलेन सडक, एरपोर्ट, औद्योगिक क्षेत्रको निर्माणमा भूमिका खेल्न आग्रह गरे ।

Blog Post Ad Blog Post Ad