Ad Area

लुम्विनी प्रदेशस्तरीय खुल्ला कराते प्रतियोगिता


लक्ष्मण बस्नेत
दाङ, १७ मंसिर । नेपाल गोजु–रियो कराते बेलझुण्डी डोजोको आयोजनामा प्रथम लुम्बिनी प्रदेशस्तरिय खुला कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ । दुईदिन सम्म संचालित प्रतियोगितामा कपिलस्तु जिल्ला प्रथम, बर्दिया द्वितिय र दाङ जिल्ला तृतीय भएका छन् ।
स्थानीयस्तरमा कराते खेलको विकास र बिस्तारमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बर्दिया,कपिलवस्तुलगाएतका जिल्लाका खेलाडीको सहभागिता रहेको थियो ।
नेपाल गोजु–रियो कराते बेल्झुण्डी डोजोका प्रमुख प्रशिक्षक तारा बहादुर वलीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्यको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपालीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बिजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको मुख्य रेफ्रीमा एशियन रेफ्री पेम्बा तामाङ रहृेका थिए ।
त्यसअबसरम प्रतियोगिता भब्य एवं सभ्य रुपले सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने तुलसीपुर उपमहानगर नगरपालिका कार्यालय, तुलसीपुर उपमहानगरपालिका– १७ र १८, नेपाल गोजु–रियो करातेका स्वयंसेवक प्रशिक्षक बिकास डाँगी,घनश्याम गिरी, खेलप्रेमी प्रवीण चौधरीप्रती हर्दिक आभार तथा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रमको संचालन नेपाल सितोरियो कराते संघ दाङका सचिव मोहलाल थापाले गरेका थिए ।