Ad Area

सरस्वती माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत


दाङ, १७ मंसिर । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) दाङमा डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले प्रथम सेमेष्टर अध्ययनका लागि आएका विद्यार्थीलाई स्वागत गरेका हुन । दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र लक्ष्मण वलीको सभापतित्व एव सरस्वती माध्यामिक विद्यालयमा डिप्लोमा तह सूचना प्रबिधी कार्यक्रमका कोर्डिनेटर हेमराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नव आगन्तुक विद्यार्थीलाई टीका र खादालगाएर स्वागत गरिएको थियो ।

धार्मिक एव पर्यटकीयस्थल दाङको धारापानीमा बनभोज कार्यक्रममा विद्यार्थीले गीत, गजल, कविता, मुक्तक र नृत्य प्रस्तुत गरिएको थियो ।
दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र सुवास वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षकहरू कुलशेखर शर्मा र उज्ज्वल अधिकारी, विद्यार्थीहरु सुमित्रा शाह, प्रिती चौधरी, शिव वली, राहुल बुढा मगर, लक्ष्मी यादव,हिमाल केसी, पारस न्यौपाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका हुन । कार्यक्रमको सहजीकरण छात्र बिजय बिकले गरेका थिए ।

Blog Post Ad Blog Post Ad