Ad Area

नेसंवि बेलझुण्डीमा विद्यार्थी आन्दोलित : उपकुलपतिको आवासमा तोडफोड


दाङ, १८ मंसिर । नेपाल संस्कृत विश्वविद्यालय अन्तगर्त केन्द्रिय आर्युवेद विद्यापिठमा अध्ययनरत विद्यार्थी आन्दोलित भएका छन् । आवश्यक जनशक्ति पूर्तिसहित २१ बुँदे माग राखेर विद्यार्थी आन्दोलित भएका छन् ।

विश्वविद्यालयले माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै विद्यार्थीले उपकुलपति यादवप्रकाश लामिछानेको आवासमा घेराउ गरेका छन् । विद्यार्थीले तत्काल माग सम्बोधनको माग सहित उपकुलपतिको आवास बाहिर नाराबाजी गरेका छन् ।

आवासमा तोडफोडसमेत गरेका छन् । विद्यार्थीले उपकुलपतिको आवासको झ्यालको सिसा समेत फुटाएका छन् । विद्यार्थीले तोडफोड गरेपछि अहिले उपकुलपतिको आवासबाहिर बाक्लोमात्रामा प्रहरी परिचालन गरिएको छ ।

माग सम्बोधनको लागि उपकुलपतिले प्रतिवद्धता नगर्दासम्म आन्दोलनलाई जारी राख्ने विद्यार्थी अभय प्रताप चौबेले बताउनुभयो । उहाँले उपकुलपतिलाई विद्यार्थीको भविष्यप्रति गम्भिर बन्न आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad