Ad Area

मीनबहादुर केसी स्मृती कप फुटबलको उपाधी टाईगरलाई


दाङ, २२ मंसिर । दाङ तुलसीपुरको दमारगाउँमा संचालित जिल्लाकै सर्वाधिक पुरस्कार राशीको स्वर्गीय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधी आयोजक टाईगर युवा क्लब तुलसीपुर–३ ले जितेको छ ।

टाईगर युवा क्लब तुलसीपुर–३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको बिहिवार भएको फाइनल खेलमा ज्ञानज्योती फुटबल क्लब तुलसीपुर–६ लाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै टाईगर युवा क्लबले उपाधी जितेको हो । उपाधीसंगै टाईगर युवा क्लवले नगद एक लाख तीस हजार, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो । उपबिजेत ाबनेको ज्ञानज्योती नगद ६५ हजार, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकको उपस्थिमा टाईगर क्लबको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ्को समाप्तिसम्म गोलरहित बराबरी भएपनि दोस्रो हाफ्को ९ औं मिनेटमा जर्सी नं. १३ का माधव घिमिरेले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । त्यस्तै जर्सी नं. ५ का बिजयसिंह ठकुरीले दोस्रो हाफको १८ आंै मिनेटमा थप एक गोल गर्दै टिमलाई दुई सुन्यको जित निकाल्न सफल भएका हुन ।

फुटबल खेलको बिकास र प्रवर्दनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उदेश्यका आयोजना गरिएको प्रतियोगितामा दाङलगायतका १४ टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरबिर गुरुङको अध्यक्षता तथा ९९ वर्षिय बयोबृद समाजसेवी ब्यक्तित्व तिलकबहादुर मल्लको प्रमुख आतिथ्य एव लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य टेकबहादुर बिकको विशिष्ट आतिथ्यमा भएको थियो ।

त्यस अवसरमा बिजेता, उपबिजेता तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ खेलाडी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । क्लबका सल्लाहकार इन्द्र पुनको स्वागत रहेको कार्यक्रमको संचालन क्लबका संस्थापक अध्यक्ष प्रेमप्रकाश मल्लले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad