Ad Area

अपांग संघलाई पत्रकार महासंघको सहयोग


दाङ,३ पुस । नेपाल पत्रकार महासंघको ३० औं स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण गरिएको छ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङलाई खाद्यान्न सहयोग गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष बसुन्धरा गौतम, उपाध्यक्ष सन्तोष सुवेदी, सहसचिव दशरथ घिमिरेले नेपाल अपांग संघका निर्वतमान अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शरद अधिकारी, सचिव भुमा चौधरी, सहसचिव वसन्त भट्टलाई खाद्यान्न हस्तान्तरण गरिएका हुन । अपांगता भएका व्यक्तिहरुको पुनर्स्थापना र सिकाइ केन्द्रको रुपमा विकास गर्न खोजिएको संघका उपाध्यक्ष शरद अधिकारीले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले पत्रकार महासंघले संस्थागत रुपमा सामाजिक उत्तरदायित्व बहन गरेको बताए । पत्रकार महासंघले स्थापना दिवसको अवसरमा पुस १ गतेदेखि ४ गतेसम्म कार्यक्रम गर्न थालेको छ । पुस ४ गते तुलसीपुरमा स्थापना दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको छ ।

Blog Post Ad Blog Post Ad