Ad Area

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताका लागि एक करोडको अक्षकोष स्थापना गरिने


दाङ,६ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा हरेक वर्ष आयोजना गरिने ‘खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगीता’का लागि नेपाली कांग्रेस दाङले एक करोड रुपैयाको अक्षकोष स्थापना गर्ने निर्णय गरेको छ ।

लुमिवनी प्रदेशकै प्रतिष्ठित भलिवल प्रतियोगीतालाई भव्य र व्यवस्थीत रुपमा सञ्चालन गर्नका लागि १ करोड रुपैयाँको अक्ष्यकोष स्थापना गर्ने नेपाली कांग्रेस दाङको जिल्ला कार्यसमितिले निर्णय गरेको हो । उक्त रकमवाट आउने व्याजवाट हरेक वर्ष प्रतियोगीता सञ्चालन हुने छ । त्यसका लागि रकम सहयोग सहयोग गर्न स्थानीय तह,संघसस्थालगायत सवै सुभेच्छुकहरुलाई अनुरोध गर्ने निर्णय गरेको नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले जानकारी दिएका छन् । प्रतियोगिता यस बर्ष आउने माघको २० गतेदेखि घोराहीमा संचालन हुदै छ ।

त्यसैगर्ी नेपाली कांग्रेस दाङले स्थापना दिवस मनाउने भएको छ । नेपाली कांग्रेस दाङको जिल्ला कार्यसमितिको बैठकले आउँदो चैत २७ गते स्थापना दिवस तथा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिएका छन । स्थापना दिवसको अवसरमा प्रजातान्त्रीक आन्दोलनमा सहभागी तथा नेपाली कांग्रेसको स्थापना गर्न सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने भएको सचिव योगीले बताए । दिवसको अवसरमा रचनात्मक कार्य अन्तरगत रक्तदान कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

बैठकले वडा, पालिका, प्रदेश सभा क्षेत्रीय तथा संघिय प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनका लागि समय समेत निर्धारण गरेको छ । वडा सम्मेलन पुस मसान्तसम्म, पालिका सम्मेलन माघ १५ सम्म, प्रदेश सभा निर्वाचन क्षेत्रीय सम्मेलन माघ मसान्तसम्म र संघीय प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन फागुन मसान्तसम्म गरि सक्ने जिल्ला कार्यसमितिले निर्णय गरेको छ । तोकिएको समयमा सम्मेलन गर्न समेत आग्रह गरिएको छ । सम्मेलनले विगतका समिक्षा गदै आगामी योजना निर्माण गरेर अगाडि बढने कांग्रेसले जनाएको छ । बैठकले प्रदेश सभा तथा संघिय सरकारमा गठवन्धनका तर्फबाट साझा उम्मेद्वार भएर विजयी भएकाहरुलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको छ । साथै निर्वाचनमा साझा उम्मेद्वारलाई विजयी बनाउन भुमिका खेल्ले सम्पूर्णप्रति कृतज्ञाता व्यक्त गर्ने निर्णय गरेको सचिव योगीले बताए । बैठक नेपाली काँग्रेस दाङका जिल्ला सभापती शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको थियो ।

Blog Post Ad Blog Post Ad