Ad Area

राप्ती सहकारीको रजत जयन्ती


दाङ, १० पुस । राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीले आफ्नो २५औँ वार्षिक साधारणसभा एवम् रजत जयन्ती शनिवार मनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकीको अध्यक्षता तथा लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयको सहकारी प्रशिक्षालयका निमित्त प्राचार्य विनोदकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै पौडेलले अबका दिनमा सहकारीले लगानीलाई उत्पादनसँग जोड्दै बजारमा वस्तु पु¥याउनतर्फ ध्यान दिनुपर्ने बताए । देशमा पछिल्लो समय बैंकिङ तरलताले लगानीयोग्य रकम अभाव रहेको अवस्थामा सहकारीले जोखिमलाई सामना गर्दै अघि बढेको हुँदा अबका दिनमा वित्तीय सुशासनमा अझ गम्भीर बनेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कोरोनाका कारण वित्तीय क्षेत्रमा आएको संकटले अहिले पनि आर्थिक क्षेत्र माथि आउन संघर्ष गरिरहेको अवस्थामा राप्ती बचत सहकारीले वित्तीय अनुशासन पालना गरेको भन्दै अन्य वक्ताहरूले खुसी व्यक्त गरे । संस्थाले रजत जयन्तीका अवसरमा रक्तदान पनि गरिएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव माधवप्रसाद गौतम र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्रीधरकुमार अधिकारीले प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, १० हजार ६ सय २६ सदस्य संख्या रहेको सहकारीमा ६ करोड ८६ लाख ७३ हजार ४ सय शेयर पुुँजी रहेको छ । संस्था आर्थिक पक्ष सवल हुन निक्षेप संकलन आवश्यक हुने गरेकोमा सहकारीले १ अर्ब १४ करोड ९३ लाख ६० हजार ९ सय ७ रूपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै संकलित पुँजीलाई सदस्यहरूको आर्थिक उन्नयनका लागि व्यवसायको स्तर हेरी सर्वशुलभ ऋण लगानी गर्ने अनुरूप विभिन्न शीर्षकमा १ अर्ब १२ करोड २२ लाख ५० हजार ५ सय ५२ रूपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १८ करोड १० लाख७१ हजार ३ सय७ रूपैयाँ आम्दानी गरेकोमा सबै खर्च र कर कट्टी गरी ४ करोड ५१ लाख २२ लाख ६ सय रूपैयाँ खुद बचत गर्न सफल भएको छ ।

कार्यक्रममा सहकारीले विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । वर्ष व्यक्तित्व २०७९ बाट रामकरण शर्मा, लक्ष्मी थापा, रक्षाराम गुप्ता, भैरव रावल र उमाशंकर गुप्तालाई सम्मान गरिएको थियो । असल बचतकर्तातर्फ टीकादेवी बिसी, जुठे बादी र देवेन्द्र देववंशीलाई सम्मान गरिएको थियो भने असल ऋणीतर्फ कलाधर पौडेल, हसकुमारी चौधरी र जनकबहादुर चौधरीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक घोराही शाखाका प्रबन्धक डिल्लीराज दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, सहकारी संस्थाका सल्लाहकार बमबहादुर डिसी, साझेदारी सहकारीका अध्यक्ष मोतीलाल केसी, हातेमालो सहकारीका सचिव केशवदीपक न्यौपाने, पत्रकार गोविन्द खड्कालगायतले भनाइ राखेका थिए । संस्थाका उपाध्यक्ष रामबहादुर कुवँरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव माधवप्रसाद गौतमले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad