Ad Area

विद्यालयस्तरीय शिक्षक भलिबलको उपाधि ज्ञानज्योतिलाई, गोरखा उपविजेता


दाङ, १० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)घोराही नगरको आयोजनामा भएको विद्यालयस्तरीय शिक्षक भलिबलको उपाधि ज्ञानज्योति एजुकेसनल एकेडेमीले चुमेको छ ।

भलिबल खेलको उपाधिका लागि ज्ञानज्योति एजुकेसनल एकेडेमी र गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलबिच खेल भएको थियो । आज भएको फाइनल खेलमा ज्ञानज्योति एजुकेसनल एकेडेमीले पहिलो सेटमा २५–१९ र दोस्रो सेटमा २५–१८ले गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुललाई पछाडि पार्दै उपाधि चुमेको हो ।

उपाधिका लागि ज्ञानज्योति एजुकेसनल एकेडेमीसँग फिल्डमा भिडेको गोरखा फस्ट रनर अप बन्दै उपविजेता भएको हो । सेकेन्ड रनर अपका लागि मेचीकाली मावि र दीपशीखा माविबिच खेल भएको हो । पहिलो सेटमा २५–१९ र दोस्रो सेट २५–१७ मा दीपशिखा माविलाई पछाडि पार्दै मेचीकाली मावि सेकेन्ड रनर अप भएको हो ।

आइतवार भएको सेमिफाइनलका लागि भएको खेलमा दीपशिखा माविले पशुपति विद्याश्रमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यस्तै मेचीकाली माविले अर्किड एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । ज्ञानज्योति एजुकेसनल एकेडेमीले स्टार माविलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरीले ज्योतिपुञ्ज आवासीयलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलको खेलमा ज्ञानज्योति एजुकेसनल एकेडेमी दीपशिखा माविलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले मेचीकाली माविलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

खेलमा प्रादेशिक रेफ्रीको भूमिका हेमराज घर्तीले निभाएका थिए । कार्यक्रमको समापन अध्यक्ष बीरेन्द्र चन्दको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad