Ad Area

बंगलाचुलीमा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन


दाङ, १५ पुस ।
दाङको बंगलाचुली गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य थालिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ६ र ८ बाट विवरण संकलनको कार्य थालनी गरिएको छ ।

वडा नम्वर ६ मा पुस २४ गते सम्म विवरण संकलन गरिने छ। त्यसैगरी वडा नम्वर ८ का अध्यक्ष झविन्द्र गाहाका अनुसार सो वडामा पुस २४ गते सम्म विवरण संकलन गरिने छ ।आज वडा नम्वर ८ मा महिला पुरुष गरि ४५ जनाको विवरण संकलन गरिएको छ ।

यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को विभिन्न टोलमा भोलि देखि सुरुभई पुस २२ गते सम्म राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने छ । भने गाउँपालिकाको अन्य वडाहरुमा पनि विवरण संकलनको काम चल्ने छ ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले राष्ट्रिय परिचपत्र निर्माण जस्तो महत्वपूर्ण अभियानमा कोहीपनि नछुट्नेगरी विवरण टिपाई राज्यलाई सहयोग गर्न अनुरोध गरेका छन् । अध्यक्ष पुनले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकलाई हरेक सरकारी कामकाजमा सहजता हुने भएकाले सकभर कोहीपनि नछुट्न अनुरोध गरेका छन् ।