Ad Area

घोराहीमा युवा पार्ट्स सप्लायर्सको उद्घाटन


दाङ, १२ कार्तिक ।
घोराहीमा सबै प्रकारका मोटरसाईकलका पार्ट्स तथा सर्भिसिङ सेवा एकै पाईने भएको छ । बिहिवार देखि सञ्चालनमा ल्याएको युवा पार्ट्स सप्लायर्समा विभिन्न १० वटा मोटरसाईकल कम्पनीका गुणस्तरीय पार्ट्स सहुलियत मुल्यमा पाईने भएको युवा युवा पार्ट्स सप्लायर्सका सञ्चालक सागर मजगैयाँ जानकारी दिए ।
पार्टसको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका हुन । सो अवसरमा प्रमुख अतिथि भुसालले दुई पांग्रे सवारी साधन प्रयोग कर्ता दिनानु दिन बढि रहेका बेला गुणस्तरीय पार्टस सहज र सुफथ मुल्यमा प्राप्त गर्न सकेमा सहजता हुने बताए ।
व्यवसायीहरुले सबैको मन जित्न मुनाफा भन्दा सेवामा बढी ध्यान केन्द्रित गर्नु पर्ने उनको भनाइ रहेको थियो । जेन्युन पार्ट्स, सहुलियत मुल्यमा स्तरीय सेवा तथा दक्ष मेकानिक्सबाट प्रभावकारी सर्भिसिङसहितको सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरि एमजी कम्पनी काठमाडौंसँगको सहकार्यमा व्यवसाय सुरु गरिएको सञ्चालक मजगैयाँले जानकारी दिए ।
उक्त कम्पनीले युवा पार्ट्स सप्लायर्सलाई मात्र घोराहीमा सेवा दिने अनुमति दिएको छ । उनका अनुसार सवारीसाधन प्रयोगकर्ताले आफुले चाहेको सामान गुणस्तरीय नहुने, चर्काे मूल्य तिर्नु पर्ने, स्तरीय सर्भिसिङ सेवा नपाउँदा साधनमा हुने विभिन्न प्रकारका समस्या बाट छुटकारा मिल्ने छ । पार्ट्सको मुल्य बाहेक दक्ष मेकानिकबाट गरिने सर्भिसिङ शुल्क १ सय ९९ मात्रै तोकिएको उनको भनाई छ । जिल्लामा अहिले भित्रिएका नयाँ मोडेल तथा कम्पनीका मोटरसाईकल र स्कुटरको सर्भिसिङ र जेन्युन पार्ट्स अभावमा ग्राहकले सास्ती खेप्दै आएका थिए ।
घोराही उक्त पसलमा बेनेली, रोयल एनफिल्ड, केटीएम, अप्रिला भेस्पा, बजाज, यमाहा, सुजुकी, होण्डा, टिभियस र हिरो कम्पनीका मोटरसाईकल र स्कुटरको सबै पार्ट्स सहुलियत मुल्यमा पाउन सकिने सञ्चालक मजगैयाँले बताए । सो अवसरमा एमजी कम्पनीका बजार प्रमुख शितल रिजालले स्तरीय सेवासँगै स्वस्थ व्यवसायका लागि आफुहरुले सबै प्रकारका मोटरसाईकल र स्कुटरको पार्ट्स ग्राहक मैत्री बनाएको बताए ।
सर्भिसिङ सेवा र स्पेयर पार्ट्स बिक्रि व्यवस्थित र एकीकृत रुपमा प्रदान गर्न उपत्यका बाहिर समग्र पालिकामा रहने गरि वा शहरमा मात्रै रहने गरि वर्गीकरण गरेर मात्रै अनुमति दिने गरेको उनको भनाइ रहेको छ ।
Blog Post Ad Blog Post Ad