Ad Area

भिक्टोरिया कलेजका विद्यार्थीलाई युद्धका नायक हरि बुढा मगरको हौसला


घोराही, १७ पुस । ‘जीवनमा जसले संघर्ष गर्न सक्छ उसैले जीवनको अर्थ बुझ्छ र सफलता पाउँछ’, भनि रहँदा आफैले जीवनका अनेकन भोगाईलाई साक्षात्कार गराउँदै पूर्व ब्रिटिस सेना हरि बुढा मगरले विद्यार्थीहरुलाई हरेक काममा सफलता पाउन कडा साधना अपरिहार्य रहेको बताउनुभयो ।

गोर्खा ग्रुपद्वारा संचालित भिक्टोरिया ईन्टरनेशनल कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई आईतबार गरिएको गेस्ट स्पिच सेसनमा उहाँले जीवनमा केही गर्ने हो भने मन मस्तिष्कलाई खुला बनाएर सकारात्मक सोँच अनि दत्तचित्तका साथ काम गरेर देखाउन सक्नुपर्ने बताउनुभयो । उहाँले १८ वर्षको उमेरमा आईपुग्दा हरेकले आफु के हुने वा के गर्ने भन्ने धारणाको विकास गर्न सक्षम भईसक्ने हुँदा गम्भीरताका साथ आफुले आफुलाई बुझेर मात्रै धारणा बनाउनुपर्ने तर्क गर्नुभयो ।

गोर्खा ग्रुपको फाउन्डरसमेत रहनुभएका बुढा मगरले संसारमा असम्भव भन्ने कुरा केही पनि नरहेकाले विचार स्पष्ट बनाउँदै दृढ संकल्पका साथ काममा लागेमा सफलता आफुबाट टाढा नरहेको बताउनुभयो । कुनै बेला आफु सपाङ्ग हुँदा हरेक काम सहज रुपमा गर्ने गरेकोमा अहिले दुवै खुट्टा गुमेपछि अब केही गर्न सक्दैन की भन्ने मनोविज्ञानलाई तोडेर सावित गरिदिएको उदाहरण सुनाउनुभयो ।

प्रमुख वक्ताका रुपमा रहनुभएका अन्तर्राष्ट्रिय व्यक्तित्व मगरले सेनामा रहँदा अफगानिस्तानको युद्धमा दुवै खुट्टा गुमाउनुभएको थियो । क्रृत्रिम खुट्टाको सहारामा उहाँले अहिले अप्रत्यासित काम गर्दै आउनुभएको छ । उहाँ एक कीर्तिमानी पर्वतारोही र साहसिक यात्री पनि हो । मगर एक युद्धका नायकसँगै एडभेञ्चर हिरोको रुपमा पनि स्थापित हुनुहुन्छ ।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएपछि उहाँले विभिन्न साहसिक गतिविधि र खेलकुदमा व्यस्त हुँदै अपांगता भएकाहरुलाई हेर्ने दृष्टिकोण बदल्ने प्रयासमा थुप्रै अभियान पनि चलाउँदै आउनुभएको छ ।

Blog Post Ad

प्रवल इच्छाशक्ति र आशावादी सोँचले जीवनका सुन्दर पक्षहरुलाई युवाहरुमा उर्जा थप्ने काम हरिले गर्दै आउनुभएको छ । ‘अनुशासन, साहस, इमानदारी, वफादारी, अरूको सम्मान र निःस्वार्थ प्रतिबद्धता मनमा राख्यो भने आफुलाई प्रमाणि गर्न अरु केहीगर्नै पर्दैन’ उहाँले भन्नुभयो, ‘युवाहरुमा हरेक कुराको सम्भावना छ, यसलाई चिन्नुहोस् र जीवनमा लागु गर्नुहोस् ।’

अन्तर्राष्टिय छबि बनाई सक्नुभएका हरि बुढा मगरले विद्यार्थीहरुले सोधेका जिज्ञासाहरुको जवाफ पनि रोचक रुपमा दिनुभएको थियो । जीवनमा केही गरेर देखाउने हौसला पाएको बताउँदै विद्यार्थीहरुले जीवन के भन्ने कुरा बुझ्ने मौका पाएको बताए ।

किनभने उहाँले फरक क्षमता भएका व्यक्तिहरूलाई उनीहरूको सपना पछ्याउन, जीवनमा आनन्द लिन र यसबाट उत्कृष्ट हुन प्रोत्साहित गर्दै आउनुभएको छ भने साहसिक काममा आफुलाई प्रमाणित गर्नुभएको छ । गोरखा आईडियल स्कुल लालमटियाका सभाअध्यक्षता वसन्त जिएमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले निकै रोचक मानेर उहाँको अनुभव सुन्ने मौका पाए । कार्यक्रमको सहजीकरण कलेजका कार्यक्रम संयोजक केबी चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad