Ad Area

विव्यस अध्यक्षमा सर्वसहमत मल्ल चयन


दाङ,१८ पुस । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बलदेव मल्ल चयन भएका छन् ।
बंगलाचुली गाउँपालिका–२ स्थीत आधारभूत विद्यालय मर्पेसमा आइतवार भएको अभिभावकहरुको भेलाबाट मल्ल सर्वसहमत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन ।
भेलाले व्यवस्थापन समितिको सदस्यमा बिजय कामी, बोमबहादुर विक, तारा गिरी,काली विक र बसन्ती परियारलाई चयन गरेको छ । समितिका पदेन सदस्यका रुपमा वडा अध्यक्ष मैते पुन, शिक्षक प्रतिनिधिका रुपमा गुरुप्रसाद विष्ट र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक तेजबहादुर मल्ल रहेका छन् । कक्षा १ देखि ८ सम्म पढाई संचालन हुने उक्त विद्यालयमा साढे तीन सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
Blog Post Ad Blog Post Ad