Ad Area

लुम्बिनीको मुख्यमन्त्री पाउन एमाले–माओवादीको रस्साकस्सी


दाङ, १८ पुस । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आइतबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै सरकार गठनको प्रकृया सुरु भएको छ ।
सरकार गठनको प्रकृया सुरु भए पनि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा निकै अन्योलता रहेको छ । केन्द्रमा पाँच दलीय गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार बनेसँगै लुम्बिनी प्रदेशमा पनि सोहि गठबन्धनको सरकार बनाउने तयारी छ ।
तर सरकारको नेतृत्व नेकपा एमालेले गर्ने कि माओवादी केन्द्रले भन्ने विषयमा विवाद रहेको छ । माओवादी र एमाले दुबै पार्टीले आफूहरुले लुम्बिनी प्रदेशको नेतृत्व पाउनु पर्ने दाबी गरिरहेका छन् । यी दुबै पार्टीका लुम्बिनी प्रदेशका नेताहरुले केन्द्रका नेताहरुलाई मुख्यमन्त्री पाउनु पर्ने भन्दै सकेसम्मको दबाब सृजना गरिरहेका छन् ।
केन्द्रका नेताहरुको पनि आ–आफ्नै दाबी रहेको छ । आइतबार लुम्बिनी प्रदेशको सपथ ग्रहणमा सहभागि भएका एमाले महासचिव शंकर पोखरेलले लुम्बिनीको नेतृत्वका लागि एमालेको दाबी रहेको बताएका थिए । केन्द्रको निर्णय अनुसार माओवादी केन्द्रले दुई प्रदेशमा नेतृत्व गर्दै छ ।
एमालेले चार प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ । सभवत: एमालेले प्रदेश १, गण्डकी, कर्णाली प्रदेशमा नेतृत्व गर्ने छ र्। लुम्बिनी प्रदेशको नेतृत्व लिने कि बागमति प्रदेशको नेतृत्व लिने भन्नेमा एमाले माओवादी कसैले पनि टुंगो लगाउन सकेका छैनन् । माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेशमा नेतृत्व गर्ने लगभग पक्कापक्की भएको छ ।
एमालेका लुम्बिनी प्रदेशसभा सदस्य भुमिश्वर ढकालले प्रदेशको ठूलो दल एमाले भएकाले पनि यहाँको नेतृत्व आफूहरुले दाबी गर्नु स्भाविक रहेको बताए । ‘यस प्रदेशमा सबैभन्दा ठूलो दल एमाले हो, यस अर्थमा पनि हामिले नेतृत्व गर्न पाउनु पर्छ भन्ने छ,’ उनले भने, ‘त्यति मात्र होइन अघिल्लो पटक एमाले नेतृत्व सरकारले अगाडि बढाएका विकास निमार्णका योजनाहरुले समृद्ध प्रदेशको दिशामा पुगिरहेका छौँ र त्यसलाई पूर्ण गर्न पनि हामिले नेतृत्व पाउनुपर्छ भन्ने दाबी छ ।’ उनले केन्द्रको नेतृत्वले प्रदेशको, केन्द्रको आवश्यक्ताअनुसार न्यायोचित ढंगले निर्णय गर्ने पनि विश्वास व्यक्त गरे ।
ढकालले आफूहरुले मुख्यमन्त्री पाउनु पर्छ भनेर केन्द्रलाई सुझाव, भनाईहरु पठाएको बताउँदै आफ्नो सुझाव अनुुसार केन्द्रको निर्णय हुने बताए । एमालेले लुम्बिनीको नेतृत्व गर्न पाएमा रुपन्देही २ (१)बाट निर्वाचित सांसद लिला गिरी मुख्यमन्त्री बन्नेछन् । उनी आइतबार सपथ ग्रहण गरेसँगै संसदीय दलको नेतामा चयन भएका थिए । मओवादी केन्द्रले पनि लुम्बिनी प्रदेशको नेतृत्व पाउनु पर्छ भन्दै केन्द्रलाई दबाब दिइरहेको छ ।
प्रदेशका स्वास्थ्य मन्त्री तथा सांसद इन्द्रजित थारुले माओवादीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने बताए । उनले भने, ‘लुम्बिनी प्रदेशको नेतृत्व माओवादील पाउने गरी सल्लाह भइरहेको छ । बागमतिमा माओवादीले छाड्नुपर्छ र एमालेले बागमतिको नेतृत्व दिएर यहाँ हामिले गर्नुपर्छ भन्ने छ ।’ थारुले सोहि अनुसार केन्द्रीय नेताहरुलाई आफूहरुले भनिरहेको बताए ।
लुम्बिनीको नेतृत्व गर्ने गरी लुम्बिनी प्रदेशका नेताहरु पनि तयारी थालेका छन् । रोल्पा १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य जोखबहादुर महरालाई माओवादीले मुख्यमन्त्रीको आश्वसन दिएर उम्मेदवार बनाएको चर्चा छ । महरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सोकीय सचिव बनेर काम गरेका नेता पनि हु । उनले आइतबार सपथ ग्रहणपछि पार्टी अध्यक्ष प्रचण्डले दिएको आश्वसन अब पूरा गर्नेबेला भएको बताएका थिए । उनले दुई प्रदेश माओवादी पाउनु पर्नेमा एउटा लुम्बिनी प्रदेश आफूहरुले नछाड्ने दाबी गरेका थिए । उनी लुम्बिनी प्रदेशको संसदीयत दलको नेतामामा चयन भइसकेका छन् ।
Blog Post Ad Blog Post Ad