Ad Area

मावि जजरागाउँको विद्यालय व्यवस्थापन समितिमा शर्मा सर्वसम्मत चयन


घोराही, १९ पुस । घोराही उपमहानगरपालिका – ६, जजरागाउँमा रहेको मावि जजरागाउँमा मंगलबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । जसको अध्यक्षमा भेषराज शर्मालाई सर्वसम्मत चयन गरिएको छ ।

भेलाले  शिक्षक प्रतिनिधिपछि थप गर्ने गरि नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन भएको हो । घोराही उपमहानगरपालिका सामाजिक विकास  शाखाका  अधिकृत घनश्याम ओलीको प्रमुख आथित्यमा भएको कार्यक्रममा वडा नम्बर –६ का अध्यक्ष विष्णुराम आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर पुनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

विद्यालय  शिक्षक खडकबहादुर ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक विप्लव अधिकारीले प्रस्तुत गर्नुभयो थियोे । सो अवसरमा निर्णय पुनस्थापना केन्द्रका संचालक समितिका सदस्य विष्णु वलीले लागू औषधको बारेमा जानकारी गराउनु भएको थियोे ।

बालबालिकाको निगरानी अभिभावकले गर्नुपर्ने र सचेत हुनुपर्ने धारणा राख्नु भएको थियोे । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक ध्रुवराज अधिकारीले गर्नुभएको थियोे ।

Blog Post Ad Blog Post Ad