Ad Area

नेपाल अपांग संघ दाङलाई सामग्री सहयोग


दाङ,२२ पुस । नेपाल अपांग संघ दाङ खगेन्द्र नवजीवन केन्द्रलाई घोराही उपमहानगरपालिका वाड नं. १४ ले कार्यालय व्यवस्थापनका लागि सामग्री सहयोग गरेको छ ।

केन्द्रका सभापति रुपा ओलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष भानसिंह बुढा र वडा सचिव तिलकराम डाँगीले कार्यालय व्यवस्थापनका लागि आवश्यक पर्ने कार्पेट,पर्दालगायतका सामग्रीहरु सहयोग गरेका थिए ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष भानसिङ बुढा, वडा सचिव तिलकराम डागी, नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय उपाध्यक्ष शरद अधिकारीलगायतको उपस्थीत रहेको थियो । कार्यक्रमको संचालन सचिव भुमा चौधरीले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad