Ad Area

लेखापढी कानुन व्यवसायी एसोसिएसनको साधारणसभा


दाङ,२२ पुस । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन घोराही दाङको २९ र्औै साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन घोराहीका इकाई समिति अध्यक्ष परशुराम डाँगीको अध्यक्षा तथा नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसनका केन्द्रीय लेखा संयोजक दोर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यता एवं भूमि सुधार तथा मालपोत कार्यालय घोराही दाङका मालपोत अधिकृत कृष्णप्रसाद पौडेल, नापी कार्यालय घोराही दाङका झमलाल गाहा र नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसनका लुम्विनी प्रदेश सहसचिव सुदन रिजालको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।

साधारणसभाको उद्घाटन् सत्रमा बोल्ने बक्ताहरुले सस्थालाई सुस्त र चुस्त बनाउनका लागि लेखापढी कानुन व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए । त्यसका लागि एसोसियसनको नेतृत्वले सवैलाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । साधारणसभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष नवराज लामिछाने र प्रगति प्रतिवेदन सचिव धुर्व लम्सालले प्रस्तुत गरेका थिए

साधारणसभामा बर्तमान सल्लाकार पूर्व सचिव रमेशकुमार आचार्य, पूर्व कोषाध्यक्ष नगेन्द्रकुमार शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाका अवसरमा नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसनको स्थापना कालदेखि आवद्ध भएर उद्देश्य प्राप्तीका लागि निरन्तर रुपमा लाग्ने तिलकबहादुर चौधरीलाई सम्मान गरेको थियो । एसोसियसनका उपाध्यक्ष देवराज शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव धुर्व लम्सालले गरेका थिए ।

Blog Post Ad Blog Post Ad