Ad Area

प्रशिक्षक नेपालीको निधन प्रति तेक्वान्दो संघ दाङद्वारा दुख व्यक्त


घोराही, २४ पुस । खेल क्षेत्रमा आवद्ध रही दाङ जिल्ला खेलकद विकास समितिमा लामो समयदेखि तेक्वान्दोका सहायक प्रशिक्षकका रुपमा कार्यरत धनबहादुर नेपालीको निधन प्रति दाङ जिल्ला तेक्वान्दो संघले दुख व्यक्त गरेको छ ।

प्रशिक्षक स्वर्गीय नेपालीको निधनले दंगाली खेल क्षेत्रलाई अपुरणीय क्षति भएको संघको भनाई छ । दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीले आज आईतबार शोक विज्ञप्ति जारी गर्दै खेलकुदका माध्यमबाट स्वस्थ नागरिक उत्पादनमा दिनुभएको योगदानलाई उच्च सम्मान गर्दै स्वर्गीय नेपालीको असामयिक निधन प्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । दुखको यो घडीका शोकलाई शक्तिमा बदल्न परिवारजनमा धैर्यधारण गर्न पनि अपिल गर्नुभएको छ ।

स्वर्गीय नेपालीको निधनमा दाङ जिल्ला तेक्वान्दो संघलाई पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै भोलि सोमबारका दिन दाङ जिल्लाभर रहेका सम्पूर्ण डोजाङहरुमा कुनै पनि क्रियाकलाप नगर्न नगराउन पनि विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

‘दाङ जिल्ला तेक्वान्दो संघलाई पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै मिति २०७९ पुस २५ गते सोमबारका दिन दाङ जिल्लाभर रहेका सम्पूर्ण डोजाङहरु एक दिन सहायक प्रशिक्षक स्वर्गीय नेपालीको शोकमा कुनै पनि क्रियाकलाप नगर्न नगराउन सबैमा जानकारी गराउँदछौँ’, संघका अध्यक्ष अधिकारीद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ ।

Blog Post Ad Blog Post Ad