Ad Area

गोरखाकी बिशिका बनिन् मेधावी छात्रा


दाङ,२४ पुस । गोरखा सेकेण्डरी स्कुल तुलसीपुरकी छात्रा बिशिका पन्त ‘मेधावी छात्रा–२०७९’ बनेकी छिन । पन्तले १०० पूर्णाङकमा ८६ अंक प्राप्त गरेर प्रथम भएकी हुन ।

बिशिका जिल्लाका ४१ निजी विद्यालयका कक्षा दशमा अध्ययनरत १ सय २२ छात्राहरुलाई उछिनेर मेधावी बन्न सफल भएकी हुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) दाङ र एपेक्स कम्प्युटर घोराहीको संयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्याव्सन दाङको स्थापना दिवसका अवसरमा प्रत्येक बर्ष मेधावी प्रतियोगित हुदै आएको छ ।

उपाधिसँगै पन्तले नगद पाँच हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त समेत गरेकी छिन् । विद्यालयको अध्ययनसँगै प्रतियोगिताका लागि छोटो समयमा गरेको अध्ययनले आफुले सफलता प्राप्त गरेको प्रतिक्रिया दिइन । उनले उपाधिले आफुलाई उत्साहित बनाएको समेत वताइन ।

‘विद्यालयले जानकारी दिएपछि अध्ययनसँगै प्रतियोगिताका लागि तयारी गरेको थिए’,उपाधि जितेपछि कार्यक्रममा बोल्दै भनिन भनिन्,‘छोटो समयमा गरेको मेहनतले सफलता प्राप्त गर्दा उत्साह थपेको छ ।’ त्यसैगरी समान ८१÷८१ अंक प्राप्त गरेर दीपशिखा माबिमा अध्ययनरत रिदम घिमिरे र गोरखा सेकेण्डरी स्कुल तुलसीपुरमा अध्ययनरत इशा धिताल दोश्रो भएका छन् । उनीहरुले नगद दुई÷दुई हजार रुपैयासहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

८० अंक प्राप्त गरी तुलसी आवासीय माबी तुलसीपुरकी दुर्गा भण्डारी तृतिय, ७८ अंक प्राप्त गरी तुलसीकै सम्पदा घर्तीमगर चौथो, ७७ अंक प्राप्त गरेर तुलसीकै रुपमा सोतीमगर पाँचौ भएका छन् । प्रतियोगितामा ७६ अंक प्राप्त गरी आईडल बोर्डिङ स्कुलकी सुभेच्क्षा रावल छैठौ, समान ७४÷७४ अंक प्राप्त गरी हिमाल एकेडेमीकी चेतना वली र ज्योतिषमति बिद्यापिठकी सुचित्रा अधिकारी सातौ भएका छन् । ७३ अंक प्राप्त गरी श्रीङभ्याली लालमटियाकी प्रवेशिखा शर्मा आठौ भएका छन् ।

प्रतियोगिता आयोजक एपेक्स कम्प्युटर घोराहीका संचालक धर्म केसीले मेधावी छात्रा प्रतियोगिताले छात्राको सिकाई मापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । विगत १७ बर्षअघिबाट यस्तो प्रतियोगिता भैराखेको छ । कार्यक्रमका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याव्सनका केन्द्रीय सचिव यादव गिरी, लुम्विनी प्रदेश सल्लाहकार मेहन्द्र अधिकारीलगायतका बक्ताहरुले पुरस्कार प्रदान गरेका थिए ।

Blog Post Ad

मेधावी छात्राका लागि कक्षा दशमा अध्ययनरत छात्राहरुलाई १०० पूर्णाङ्कको बस्तुगत लिखित परिक्षा लिइन्छ । जसमा अंग्रेजी ३३,गणित ३४ र विज्ञानबाट ३३ प्रश्नहरु सोध्ने गरिन्छ । उक्त परिक्षामा सवैभन्दा बढी अंक ल्याउने छात्रालाई मेधावी छात्रा घोषणा गरिन्छ । साथै प्रतियोगितामा उत्कृट दश जना विद्यार्थीलाई पनि पुरस्कृत गरिदै आएको आयोजक एपेक्स कम्प्युटरका संञ्चालक केसीले जानकारी दिएका छन् ।

प्रत्येक वर्ष हुने प्रतियोगिता अन्तर्गत पहिलो वर्ष २०६३ सालमा तुलसी आमाविकी अल्का मजर्गैया,२०६४ मा तुलसीकै बिनिता रेग्मी, २०६५ मा जनज्योती विद्या मन्दिर घोराहीकी निर्मला बुढामगर, २०६६ मा शान्तिसुधा आमावि घोराहीकी दीपसना बिसी, २०६७ सालमा हिमाल एकेडेमी तुलसीपुरकी शिक्षा धिताल भएकी थिइन ।

त्यसैगरी २०६८ सालमा शान्तिसुधा आमाविकी समिक्षा मिश्र, २०६९ सालमा जनज्योति विद्या मन्दिर घोराहीकी शिल्पासिंह थापा, २०७० सालमा जनज्योतिकै प्रिया श्रेष्ठ, २०७१ सालमा तुलसी आमाविकी क्रिष्टिना डाँगी, २०७२ सालमा पशुपती विद्याश्रम नारायणपुरकी अनुषा अधिकारी, २०७३ सालमा तुलसी आमाविकी सृष्टि न्यौपाने, २०७४ सालमा हिमाल एकेडेमी तुलसीपुरकी अधिश्री आचार्य, २०७५ गोरखा मावि तुलसीपुरकी कुसुम शर्मा,२०७६ सालमा तुलसी आमाविकी श्रेया गिरी, २०७७ सालमा तुलसी आमाविकी बिबिज्ञा बस्नेत र २०७८ मा तुलसी आमाविकै सुगारिका लामिछाने उपाधि जितेकी थिइन ।

Blog Post Ad Blog Post Ad