Ad Area

१० अपराजित रहँदै क्वाटर फाईनलमा प्रवेश, १७ र १८ ले बराबरी खेल्दै अंक बाँडे


घोराही, २४ पुस ।
घोराहीमा जारी पालिका स्तरीय पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १० क्वाटर फाईनलमा प्रवेश गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा एक खेल अगावै क्वाटर फाईनलमा पुग्ने पहिलो टीम बनेको छ ।

समुह ए मा रहेको वडा नम्बर १० ले आज भएको सत्रौँ खेलमा वडा नम्बर ८ लाई ३–० ले जित निकाल्दै ९ अंकका साथ क्वाटर फाईनलमा पुगेको छ । वडा नम्बर १० लाई सहज जीत दिलाउन शिशिर पुनले २ र मनु न्यौपानेले १ गोल गर्नुभयो । जारी प्रतियोगितामा लगातार ३ खेलमा अपराजित रहँदै वडा नम्बर १० ले आफुलाई उपाधि दावेदारका रुपमा प्रस्तुत गरिरहेको छ ।

अब वडा नम्बर १० ले २८ गते वडा नम्बर १६ सँग खेल्नेछ । उता, वडा नम्बर ८ भने यसअघिको खेलमा वडा नम्बर ९ सँग बराबरी खेलेर १ अंक मात्रै जोडेको छ । वडा नम्बर ८ लाई अर्को चरणमा गर्न सबै खेलमा जीत आवश्यक छ । यसैगरी, समूह सि अन्तरगत आज बिहान भएको पन्ध्रौं खेलमा वडा नम्बर ३ ले जित हासिल गरेको छ । वडा नम्बर ३ र १ बिच भएको खेलमा वडा नम्बर ३ ले ३–० को जीत निकालेको हो ।

दुई खेल खेलेको वडा नम्बर ३ ले ६ अंक जोडेको छ । उता, दुई खेलमा हार व्यहोर्दै वडा नम्बर १ अंक बिहिन छ । बिहान सवा १० बजेपछि भएको समुह डी अन्तरगतको सोह्रौँ खेलमा वडा नम्बर १५ ले दोश्रो जीत निकालेको छ । वडा १४ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १५ ले ३ अंकका साथ दुई खेलबाट ६ अंक जोडेको छ भने वडा नम्बर १४ ले एक खेलमा जित र एकमा हारसहित ३ अंक जोडेको छ ।

यसैगरी आज दिउँसो १ बजे भएको समुह बी अन्तरगत अठारौं खेलमा वडा नम्बर १७ र १८ ले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । निकै प्रंतिष्पर्धामक खेलमा वडा नम्बर १७ ले अन्तिमसमयमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो । दुवैले हालसम्म १ मा जीत र एकमा बराबरीका साथ समान ४ अंक जोडेका छन् । वडा नम्बर १८ मेयर कपको साविक विजेता टीम हो ।

प्रतियोगिता अन्तरगत अब सोमबार बिहान सवा ८ बजे वडा नम्बर १ र १९, सवा १० बजे वडा नम्बर ४ र १४ तथा दिउँसो १ बजे वडा नम्बर ९ र १६, पौने ३ बजे वडा नम्बर ५ र ६ बीच खेल हुने मेयर कप आयोजना संयोजक राममणि पाण्डेले जानकारी दिनुभयो । लिग चरणका खेलहरु आगामी २९ गतेसम्म हुनेछ । त्यसपछि क्वाटर फाईनल खेल हुने उहाँले बताउनुभयो । पालिकाभरका १९ वटै वडाको सहभागीता रहेको प्रतियोगिताको फाईनल खेल भने माघ ५ गते हुनेछ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad