Ad Area

मेयर कपमा वडा नम्बर १४ र १५ क्वाटर फाईनलमा प्रवेश


घोराही, २६ पुस । घोराहीमा जारी पालिका स्तरीय पाँचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सातौँ दिनमा मंगलबार बिहानको खेलमा वडा नम्बर १५ ले १५ ले वडा नम्बर ११ लाई ८–० को गोल अन्तरले पराजित गर्दै समुह विजेताको रुपमा ९ अंकका साथ क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा बिहानको खेलमा वडा नम्बर १५ ले ११ लाई ८–० को गोल अन्तरले पराजित गर्न सफल भएको छ । उक्त समुहमा चार वटा वडा रहेकोमा उपविजेता हुँदै वडा नम्बर १४ ले पनि ६ अंकका साथ क्वाटर फाईनमा स्थान सुरक्षित गरेको छ । अब वडा नम्बर १५ ले क्वाटर फाईनलमा बी समुहको उपविजेतासँग खेल्नेछ भने वडा नम्बर १४ ले बी समुहको विजेतासँग खेल्नेछ । समुह बी को खेल जारी रहेकाले यसको टुंगो लाग्न बाँकी छ ।

यस्तै, मंगलबार बिहान भएको अर्को खेलमा वडा नम्बर १३ ले वडा नम्बर १९ लाई ४–० गोल अन्तरले हराएको छ । उसले लगाता दुई खेलमा जित निकाल्दै ६ अंक जोडेको छ भने अझै दुई खेल खेल्न बाँकी छ । समुह सी मा रहेको वडा नम्बर १३ सँगै वडा नम्बर ३ को पनि समान ६ अंक छ । उसले पनि दुई खेल खेल्न बाँकी छ ।

दिउँसोको खेलमा वडा नम्बर १२ र १७ विजयी भएका छन् । समुह ए मा रहेको वडा नम्बर १२ लाई क्वाटर फाईनलमा पुग्न अझै एक खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । सो समुहबाट वडा नम्बर १० एक खेल अगावै क्वाटर फाईनलमा प्रवेश गरी सकेको छ । समुह विजेताका रुपमा क्वाटर फाईनलमा पुग्न वडा नम्बर १० ले वडा नम्बर १६ लाई बराबरी खेले पनि पुग्नेछ ।

यसैगरी वडा नम्बर १७ ले वडा नम्बर ७ लाई १–० गोल अन्तरले हराएको छ । समुह बी मा रहेको वडा नम्बर १७ ले मंगलबारको जीतसँगै ७ अंक बनाएर समुहको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, उसलाई क्वाटर फाईनलमा पुग्न अर्को खेल जित्नैपर्ने दबाव छ भने वडा नम्बर ७ लाई वडा नम्बर १८ को खेलको नतिजा कुर्नुपर्ने हुन्छ । वडा नम्बर १८ ले २ खेल खेल्दै ४ अंक जोडेको छ भने अझै दुई खेल खेल्न बाँकी छ ।

लिग चरणका खेलहरु अन्तिम चरणमा पुग्नै लाग्दा समीकरण पनि रोचक बन्दै गएको छ । प्रतियोगिता अन्तरगत अब आज बुधबार बिहान वडा नम्बर २ र ३, वडा नम्बर ९ र १२ तथा दिउँसो वडा नम्बर १८ र ५ तथा १ र १९ बीच खेल हुने प्रतियोगिता आयोजक समिति संयोजक राममणि पाण्डेले जानकारी दिनुभयो ।

Blog Post Ad

लिग चरणका खेलहरु आगामी २९ गतेसम्म हुनेछ । त्यसपछि क्वाटर फाईनल खेल हुने उहाँले बताउनुभयो । पालिकाभरका १९ वटै वडाको सहभागीता रहेको प्रतियोगिताको फाईनल खेल भने माघ ५ गते हुनेछ ।

Blog Post Ad Blog Post Ad