Ad Area

जिल्ला वचत तथा ऋण सहकारी संघको अध्यक्षमा अधिकारी


दाङ, २६ पुस । जिल्ला वचत तथा ऋण सहकारी संघ दाङको अध्यक्षमा बिमल अधिकारी चयन हुनुभएको छ । संघको मंगलबार आज घोराहीमा भएको १६ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा ९ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा भगवती शर्मा, सचिवमा रामकृष्ण आचार्य, कोषाध्यक्षमा गिरीराज शर्मा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा पद्मा कडेल, चन्द्रवती पौडेल भण्डारी, दोणर् बहादुर बस्नेत, जोगमान खड्का र जीवन भण्डारी चयन हुनुभएको छ ।

अधिवेशनले रञ्जन कुमार गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । समितिको सदस्यमा बिना खनाल र हुकुम बहादुर भण्डारी चयन हुनुभएको छ ।

संघका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । प्रमुख अतिथि चौधरीले सहकारीले बचत गर्न मात्र नभई उत्पादनमुखि कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

आर्थिक विकासको तीन खम्बे अर्थनीतिमा सहकारी पनि भएको बताउँदै उहाँले सहकारीसंगको समन्वयमा स्थानीय सरकारले स्वरोजगारका कार्यक्रम अघि सार्ने बताउनुभयो ।

त्यस अवसरमा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसी, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा, सल्लाहकार सुरेन्द्र बहादुर खड्का, भरत बहादुर बुढाथोकी, अन्जन कुमार गौतम लगायतले सहकारी सबै नागरिकको पहुँचमा पुग्नुपर्नेमा जोड दिनुभयो । साधारण सभा उद्घाटन कार्यक्रमको सहजीकरण संघका सचिव बिमल अधिकारीले गर्नुभएको हो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad