Ad Area

माघे संक्रान्तिका अवसरमा सिंघारिदै बाह्रकुने दह


दाङ,२६ पुस । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१३ स्थीत ब्राहकुने दह जिल्लाको धार्मिक एवं पर्यटकिय क्षेत्रका रुपमा प्रसिद्ध छ । ५५.६५ हेक्टर क्षेत्रफलमा फैलिएको बराह क्षेत्रमा अबस्थित ब्राहकुने दहका छेउमा कान्छा (सेतु) बराह थान रहेको छ । प्राचिन काल देखिनै स्वच्छ र शुद्ध मनले कान्छा बराह बराह थानमा भाकल गर्नाले मनोकामना पूरा हुने जनबिश्वास रहेको छ । त्यही जनबिश्वासका कारण बराह मन्दिरमा पुजापाठ, भाकल गर्ने तथा भाकल पूरा भएका मानिसहरुले भेडा तथा कुखुराहरुको बलिदिने प्रचलन रहिआएको छ ।

बराह बराहथानमा बार्षिक रुपमा करिब ४ हजारको हराहारीमा बलिदिने गरिएको समितिले जनाएको छ । त्यसमा पनि विशेषगरी बलिदिने माघी सक्रान्तिका अबसरमा धेरै हुने गर्दछन । पहिले सानो प्राकृतिक पोखरी र मन्दिर भएको मात्रै रहेको थियो । तर २०५४ सालमा पहिलो पटक बराह क्षेत्र संरक्षण तथा सम्बर्द्धन धार्मिक समिति गठन भएपछि उक्त क्षेत्रमा थप पूर्वाधार निर्माणका कामहरु हुँदै आएको पाइन्छ ।

बिगतका दुई वर्ष कोरोना भाइरसको त्रासका कारण खुल्ला रुपमा मानिसहरु हिडडुल गर्न नपाउँदा माघी संक्रान्तिका अवसरमा दर्शनार्थीहरुको कमी भएपनि यसबर्ष मन्दिरमा पुजापाठ तथा मेला अबलोकन गर्ने करिब १ लाख ५० हजार बढी आउन सक्ने समितिले अनुमान गरेको छ ।

माघे संक्रान्ति नजिकिदै गर्दा बराह क्षेत्र धार्मिक एवं पर्यटकिय क्षेत्रमा सरसफाईदेखि थप आकर्षक बनाउनका लागि रंगरोगनलगायतका व्यवस्थापनका कामहरु भैरहेका छन् । यसै सन्दर्भमा बराह क्षेत्र धार्मिक स्थलमा सन्ध्याकालिन समयमा खिचिएका मन्दिर र पोखरीका तस्वीरहरु ।

Blog Post Ad

 

Blog Post Ad Blog Post Ad