Ad Area

सरस्वती जिएमको कप्तानीमा लुम्बिनीको महिला क्रिकेट टीम घोषणा


घोराही, २७ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि दाङकी सरस्वती जिएमको कप्तानीमा लुुम्बिनी प्रदेशको टीम घोषणा भएको छ । दाङको घोराही १७ गुुलरियास्थित घोराही क्रिकेट रंगशालामा चार दिन भएको छनौट प्रतियोगिताबाट राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेशको १४ सदस्यीय टीम घोषणा गरिएको छ ।

रुपन्देहीबाट ५ जना, दाङबाट ४ जना, बाँकेबाट ४ जना तथा नवलपरासीबाट १ जना गरी १४ जना खेलाडी छनोट भएका प्रादेशिक क्रिकेट संघ प्रदेश नम्बर ५ र ६ का सचिव संजय गुरुङले जानकारी दिनुुभयो । जसमा रुपन्देहीबाट सबैभन्दा बढी परेका छन् । रुपन्देहीकी कृतिका मरासिनी, सुस्मिता भुसाल, आश्मा पुलामी मगर र कविता खड्का परेका हुन् ।

यसैगरी, दाङबाट लक्ष्मी चौधरी, मधु डिसी र कमला जिएम पनि टोलीमा अटाएका छन् । बाँकेबाट मनिषा राना, जिज्ञासा थापा, सुस्मिता बजगाइँ र रन्जु श्रेष्ठ छनोट हुनुुभएको छ । नवलपरासीबाट भने सरस्वती पुनमात्रै छनोट हुनुुभएको छ ।

यस्तै, वैकल्पिक खेलाडीका रुपमा नवलपरासीकी विष्णु तिवारी, बाँकेकी चमेली चौधरी तथा दाङकी सर्मिला रोका र अनिता चौधरी परेका छन् । टीमको प्रशिक्षकमा बाँकेबाट जमील अन्सारी तथा टीम व्यवस्थापकमा रुपन्देहीबाट विष्णु पाठकलाई जिम्मेवारी प्रदान गरिएको छ ।
दाङमा गरिएको छनोट प्रतियोगितामा दाङ, बाँके, रुपन्देही र नवलपरासी गरी चार वटा जिल्लाको सहभागीता रहेको थियो । जसमा नवलपरासी जीत विहीन भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरी यही पुस २९ गतेबाट ईटहरीमा हुन लागेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराउन लागिएको नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समिति संयोजक कैलाश रोकामगरले जानकारी दिनुभयो ।

Blog Post Ad

उहाँका अनुसार लुम्बिनी प्रदेशबाट १४ जना खेलाडी, प्रशिक्षक र टीम व्यवस्थापक तथा चार जना वैकल्पिक खेलाडी छनोट गरिएको छ । उक्त प्रतियोगितामा विभागीय टीम एपीएफसहित सात वटै प्रदेशको सहभागीता रहनेछ । लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेल पुस ३० गते दिउँसो कर्णाली प्रदेशसँग खेल्नेछ ।

दोश्रो खेल माघ २ गते प्रदेश नम्बर १ सँग र माघ ४ गते मधेश प्रदेशसँग खेल्नेछ । प्रतियोगिताको समुह बी मा रहेको लुुम्बिनी बलियो टीम मानिएको छ । टीममा अनुुभवी तथा लयमा रहेका खेलाडी रहेकाले लुुम्बिनी प्रदेशलाई उपाधि दाबेदार मानिएको हो । माघ ६ गते सेमिफाईनलका दुवै खेल हुनेछ भने फाईनल खेल ७ गते हुने तालिका रहेको छ ।

Blog Post Ad Blog Post Ad